जनप्रतिनिधि र कर्मचारीलाई दुई दिने अभिमुखीकरण

शेयेर गर्नुहोस


टीकापुर १३ असार/
जनप्रतिनिधि र कर्मचारीहरुका लागि सुचनाको हक सम्बन्धि दुई दिने अभिमुखीकरण तालिम मंगलबारदेखि सुरु भएको छ ।
टीकापुर नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ कैलाली शाखाको आयोजनामा भएको तालिमको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले विकास र सुशासनका क्षेत्रमा कठोर भएर लाग्ने बताएका छन् । उनले स्थानीय तहको काममा नागरिकहरुको अपेक्षा बढी रहने गरेको बताउँदै त्यसलाई पूरा गर्नको लागि जनप्रतिनिधि र कर्मचारी जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् ।
“नागरिकहरुको अपेक्षा विकास र सुशासनमा बढी छ ।त्यसमा हामी आगामी दिनमा कठोर भएर लाग्छौँ । त्यहीँअनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।” नगर प्रमुख थारुले भने, “एक वर्षको अवधिमा लचिलो भएर काम गर्न खोज्दा पछाडि परियो । अब हामी लचिलो बन्दैनौँ ।” उनले कार्यकालको एक वर्ष एकाअर्कालाई मिलाउँदैमा गएको बताएका छन् । “एक वर्ष उपलब्धिका हिसाबले खासै राम्रो बित्न सकेन । एकाअर्कालाई मिलाउँदै सकियो ।” नगर प्रमुख थारु भन्छन्, “अब त्यसो हुँदैन । जनप्रतिनिधि र कर्मचारीलाई सक्रिय भएर जिम्मेवारीपूर्वक काम गर्न यतैबाट निर्देशन दिन्छु ।”
नगरपालिकाका जनप्रतिनिधि र नगरपालिका भित्रका कर्मचारीहरुलाई संयुक्तरुपमा राखेर सुचनाको हक सम्बन्धि अभिमुखीकरण तालिम सञ्चालन गरिएको बताउँदै नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशीले त्यसले महासंघ र नगरपालिकाको सम्बन्ध स्थापित काम समेत गर्ने बताएका छन् । उनले तालिम भन्दा पनि अनुभव आदानप्रदान कार्यक्रमको रुपमा बुझ्न पनि आग्रह गरे । तालिमको सहजीकरण पत्रकार मनमोहन स्वाँर र एकिन्द्र तिमिल्सिनाले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *