जनयुद्ध दिवस भव्य रुपमा मनाउने

शेयेर गर्नुहोस


टीकापुर २२ माघ /
नेकपा माओवादी केन्द्र टीकापुर नगर कमिटीले फागुन १ गते जनयुद्ध दिवसलाई भव्य रुपमा मनाउने भएको छ ।
जनयुद्ध दिवसको दिनलाई विशेष दिनको रुपमा मनाउने गरी टीकापुर नगर कमिटीले निर्णय गरेको हो । जसअनुसार त्यस दिनमा बृहत् रक्तदान आयोजना गर्न लागिएको नगर अध्यक्ष धनसिंह साउँदले जानकारी दिएका छन् । त्यसैगरी जनयुद्ध दिवसको अवसरमा नगरपालिका भित्रका सहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको छ भने १ गते साझ सहिदहरुको सम्झनामा दीप प्रज्वल्लन कार्यक्रमको आयोजना गरिने छ ।
“जनयुद्ध दिवस माओवादी पार्टीका लागि मात्रै नभई समग्र देशको परिवर्तनमा साथ दिनेहरुका लागि महत्त्वपूर्ण दिन हो । जुन दिनले आजको व्यवस्थालाई स्थापित गरेकोमा कुनै शंका छैन ।” नगर अध्यक्ष साउँदले भने, “त्यसकारण इतिहास स्थापित गरेको दिनलाई विशेष दिनको रुपमा मनाउनका लागि हामीले कार्यक्रम तय गरेका हौं ।” बैठकमा पार्टीका केन्द्रीय सदस्य हरि ज्ञवाली (अखण्ड ) लगयतको सहभागिता रहेको थियो ।
माओवादी केन्द्र टीकापुर नगर अध्यक्ष साउँदको अध्यक्षतामा बसेको नगरको बैठकले नगर भित्रका जनवर्गीय संगठनहरुलाई मजबुत बनाउँदै पार्टीसँग निरन्तर समन्वयमा रहने गरी काम गर्ने निर्णय पनि गरिएको छ । बैठकमा सहभागी भएकाहरूले जनयुद्ध दिवसलाई भव्य रुपमा मनाउनका लागि सबै क्षेत्रबाट पार्टीका संगठनहरु एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *