जानकीमा विपद् व्यवस्थापन समिती तथा कार्यदल गठन

शेयेर गर्नुहोस


लक्ष्मण विक, टीकापुर २३ असार /
समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजना अन्तर्गत वडा स्तरीय विपद् व्यवस्थापन समिति तथा कार्यदल गठन कार्यक्रम जानकी गाउँपालिकाको दुर्गौलीमा सम्पन्न भएको छ ।
मोफा जापान, वल्र्ड भिजन जापानको आर्थिक सहयोगमा वल्र्ड भिजन इन्टरनेशनल नेपाल र सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) धनगढी कैलालीको साझेदारीमा भएको कार्यक्रमले वडा स्तरीय विपत व्यवस्थापन समिती तथा कार्यदल गठन गरेको छ । रीता चौधरीको संयोजकत्वमा ३ सदस्यीय प्राथमिक उपचार कार्यदल गठन गरिएको छ । जसको सदस्यहरुमा अमित चौधरी र विपिन चौधरी रहेका छन् ।
त्यस्तै तारादेवी बमको संयोजकत्वमा ७ सदस्यीय खोज तथा उद्वर कार्यदल गठन गरिएको छ । जसको सदस्यहरुमा लक्ष्मण कुवँर, राजेश्वरी चौधरी, राजकुमारी चौधरी, विरबहादुर चौधरी, रुपा चौधरी र राज कुमार चौधरी रहेका छन् । त्यस्तै रमेश चौधरीको संयोजकत्वमा ५ सदस्यीय पूर्व सचेतना कार्यदल पनि गठन गरिएको छ । जसको सदस्यहरूमा धनीराम चौधरी, तारा बम, प्रभा चौधरी र गोविन्द चौधरी रहेका छन् ।
कार्यक्रममा वडा स्तरीय विपद् व्यवस्थापन समितिको कानुनी प्रावधान, वडा स्तरीय विपद् व्यवस्थापन समिति गठनको संरचना, नेपालको संविधानमा विपद् जोखिम न्यूनीकणको विषय माथि छलफल, स्थानीय सरकर संचालन ऐन २०७४, समितिको काम कर्तव्य तथा अधिकार, प्राथमिक उपचार कार्यदल सदस्यहरु छनौटका आधार, खोज तथा उद्दार कार्यदल गठनका न्युनतम आधार-हरु, पूर्व सचेतना कार्यदल छनौटका आधारहरु लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा सहभागीहरुको तर्फबाट रिता चौधरी र चन्द्र बहान बमले आ-आफ्ना धारणहरु राखेका थिए ।
संस्थाले विशेषगरी विपद् व्यवस्थापन, जिवीकोपार्जन र वित्तीय साक्षरता गरि ३ वटा क्षेत्रमा काम गरिरहेको बताउँदै यसको अवधि ३ वर्ष काम गर्ने रहने मिल अधिकृत संजय चौधरी बताएका छन् । जानकी गाउँपालिका वडा नं. १ वडा अध्यक्ष तथा वडा स्तरीय विपद् व्यवस्थापन समितिका संयोजन सुरेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालिका राधा महोत्व गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *