जानकी गाउँपालिकाद्वारा ६९ करोडको बजेट प्रस्तुत

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०९ असार/
जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ६९ करोड ३० लाख बजेट ल्याएको छ ।
बुधबार भएको गाउँपालिकाको दशौं गाउँसभामा उपाध्यक्ष लालमति कठरियाले आगामी आर्थिक वर्षको निती तथा कार्यक्रमहरु कार्यान्वयनका लागि उक्त वजेट ल्याएको बताएकी छन् । गाउँपालिकाले ल्याएको वजेट अनुसार चालु तर्फ ४५ करोड ८४ लाख ५ हजार ५ सय १६ रुपैया र पुँजीगत खर्च तर्फ २३ करोड ५४ लाख ९४ हजार ४ सय ८३ रुपैया रहेको छ । गाउँपालिकाले आय तर्फ आन्तिरिक स्रोत राजस्व परिचालनबाट ३ करोड ९ लाख ५५ हजार, संघिय सामान्यीकरण अनुदानबाट १५ करोड, ८६ लाख, संघिय राजश्व बाँडफाँडबाट १३ करोड ५२ लाख ५१ हजार, संघिय सर्शत अनुदान तर्फ २४ करोड ३० लाख प्राप्त हुने जनाएको छ । यस्तै संघिय समपुरक अनुदानबाट १ करोड ८० लाख, संघिय विशेष अनुदानबाट १ करोड २० लाख, प्रदेश समानीकरण अनुदानबाट १ करोड १५ लाख ९५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २ करोड ३० लाख ९९ हजार, प्रदेश समपुरक अनुदानबाट ४० लाख र विशेष अनुदान ६५ लाख आय प्राप्त हुने जनाएको छ । गाउँपालिकाले व्यय तर्फ आर्थिक विकास तर्फ ४ करोड ३५ लाख २२ हजार १० रुपैया, सामाजिक विकास तर्फ २५ करोड २३ लाख १७ हजार ९ सय ९९ रुपैया, पुर्वाधार विकास क्षेत्र तर्फ १९ करोड ५८ लाख ११ हजार ५ सय ७५ रुपैया विनियोजन गरेको छ । यस्तै वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ७२ लाख ९९ हजार ९ सय ९९ रुपैया, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ १ करोड ५८ लाख ३४ हजार ९ सय ९० रुपैया र कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ १८ करोड ०१ लाख ७८ हजार ४ सय २४ रुपैया विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *