जानकी गाउँपालिकामा भोलीबाट कृषि मेला

शेयेर गर्नुहोस


टीकापुर ०२ जेठ /

जानकी गाउँपालिकाले सञ्चालन गर्ने भनिएको कृषि मेला भोलि बिहीबार बाट सुरु हुने भएको छ ।
जानकी गाउँपालिका, समिट नामक गैरसरकारी संस्था र नेपाल उद्योग वाणिज्य महासंघ कृषि बिभागको संयुक्त आयोजनामा हुने तीनदिने कृषि मेला दुर्गौलीमा सरु हुन लागेको हो । बुधबार गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै मेलाको सम्पुर्ण तयारी भएको गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बताएका छन् । उनले कृषि उत्पादन वृद्धि गर्न, किसानलाई प्रविधिसँग जोड्न, उत्पादन भएको वस्तु बजारीकरणमा सहज बनाउन, माटोको उर्वरता परिक्षण गरी माटो सुहाउँदो कृषि खेतीका लागि किसानलाई प्रोत्साहन गर्न कृषि मेला आयोजना गर्न लागिएको बताएका छन् । “हामीले गर्दै आएको कृषिलाई प्रविधिसँग जोड्नको लागि मेलाको भुमिका महत्त्वपूर्ण हुनेछ ।” उनले भने, “किसानले प्रयोग गर्दै आएको बिउ र मलखादको मात्रालाई समेत सन्तुलनमा ल्याउन कृषि बिज्ञहरुको परामर्शले किसानलाई राम्रो हुनेछ ।”
मेलामा ५० वटा स्टलहरु रहनेछन् । जहाँ कृषि औजार, बीउबिजन, मलखाद, कृषि परामर्श लगायत किसानसँग अन्तक्रिर्या कार्यक्रम समेत कार्यक्रममा समेटिएको छ । किसानहरूलाई मेलाको अवलोकनका लागि गाउँबाट कृषि मेलासम्म ल्याउन र घरसम्म पुर्याउन दुईवटा बसको व्यवस्था गरिएको छ । मेला १० देखि १५ हजार किसानहरूले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा जानकी गाउँपालिका सहित छिमेकी पालिकाका किसानहरूको समेत सहभागिता रहने अध्यक्ष चौधरीले बताए । उनले मेला जेठ ५ गतेसम्म सञ्चालन हुने बताएका छन् ।
अध्यक्ष चौधरीले मेलामा सुदुरपश्चिम विश्वविद्यालय कृषि क्याम्पस टीकापुरका प्रशिक्षक र बिद्यार्थीहरुको पनि प्राविधिक सहयोग रहने बताएका छन् । मेलामा कृषि सहकारी, एग्रोभेट, कृषक लगायतका स्टल रहने छन् भने मेलामा माटोको परिक्षण समेत गरिने छ ।

ताजा खबर

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *