जेष्ठ नागरिकहरूलाई सम्मान

शेयेर गर्नुहोस


लक्ष्मण विक, टीकापुर १९ चैत /
सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई व्यवस्थित जेष्ठ नागरिकहरुलाई अभिमुखीकरण तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका वडा नं. १ को आयोजनामा भएको कार्यक्रममा वडा अध्यक्ष मोहन विकले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न पाएकोमा आफु खुशी व्यक्त गरेका छन् । उनले टीकापुर नगरपालिका वडा नं. १ मा करिब तीन हजार जना जेष्ठ नागरिक रहेको बताउँदै सबैलाई एकै चोटि समेट्न नसकिएकोले पटकपटक गरेर सबैलाई समेट्ने प्रयास गर्ने बताए । “मानिसको जिवन एउटा जीवन चक्र हो । आजका बालबालिका भोलिका वृद्धवृद्धा हुन ।” उनले भने “जेष्ट नागरिकलाई सम्मान गर्नु स्थानीय सरकारको कर्तव्य हो । यसमा स्थानीय सरकार चुक्नु हुदैन ।” सम्मान कार्यक्रममा ७८ वर्ष देखि ८१ वर्ष सम्मका जेष्ठ नागरिकलाई सहभागी गराइएको थियो ।
कार्यक्रममा टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले टीकापुर नगरपालिका भित्र करिब आठ हजार जेष्ठ नागरिक रहेको बताएको बताउँदै विगतका दिनमा जुन कुरा सुरुवात भयो त्यहि कुरालाई मानिसले जिवन्तसम्म सम्झिराख्ने बताएका छन् । उनले विगतमा एक सय रुपैयाँबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता आज चार हजार सम्म पुगेको भन्दै टीकापुर नगरपालिका आफ्नो कार्यकालमा थुप्रै कुराहरु भएको दाबी गरे । “हाम्री छोरी प्यारी छोरी”, “होम टु हस्पिटल”, “पालिका भित्रका नागरिकलाई नि:शुल्क २ पिट रगत”, “सुत्केरी आमाहरुलाई पोषण खाना” लगायत अन्य कार्यक्रमहरु जुन अहिले सम्म पनि निरन्तर चलिरहेका छन्, तिनको सुरुवात हामीले गरेका थियौं ।” रावलले भने ।
टीकापुर नगरपालिका वडा नं. १ का निवर्तमान वडा अध्यक्ष गंगाराम आचार्यले टीकापुर नगरपालिकाको वडा नं. १ भुगोल र जनसंख्याको आधारमा सबै भन्दा ठुलो वडा रहेको बताउँदै सबै नागरिकलाई एकै चोटि एउटै कार्यक्रममा समेटन सम्भव नरहेको बताए । अभिमुखिकरण तथा जेष्ठ नागरिक कार्यक्रम टीकापुर नगरपालिका वडा नं. १ का एमआइएस अपरेटर कुश्माखर जैशीले सामाजिक सुरक्षा भत्ता कार्ड प्रत्येक वर्ष नवीकरण गर्नु पर्ने भन्दै कार्ड नवीकरण गर्ने समय प्रत्येक वर्षको साउन देखि भाद्रसम्मको रहने बताए । वडा सचिव चक्रबहादुर रावलले सञ्चालन गरेको कार्यक्रमको स्वागत वडाकी कर्मचारी जमुना विष्टले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *