शेयेर गर्नुहोस
टीकापुर ०३ साउन /
कृषि व्यवसायी तथा सामाजिक अगुवा ललित थापाले जेष्ठ नागरिक सम्मान तथा खिर खाने कार्यक्रम सम्पन्न गरेका छन् ।
एक सय २५ भन्दा बढी जेष्ठ नागरिकहरूलाई आफ्नै बेसी पशुपालन फार्ममा सहभागी गराएर थापाले सम्मान तथा खिर खुवाएका हुन । उनले नगरपालिका भित्रका जेष्ठ नागरिकहरुलाई सहभागी हुनका लागि आव्हान गरेका थिए । “त्यस्तो ठुलै योजना केही पनि होइन, जेष्ठ नागरिकहरूसँग बसेर केही पुराना कुराहरु सुन्ने, उहाँहरुसँग सुखदुःख बाड्ने र सबैलाई एक ठाउँमा जम्मा गर्ने कार्यक्रम मात्रै हो ।” थापाले भने, “एक सय वर्ष उमेर भन्दा बढी उमेरका जेष्ठ नागरिकहरू पनि सहभागी हुनुभयो । उहाँहरुलाई बोलाएर त्यो भलाकुसारीले आनन्द मिल्यो बस् ।”