जेसीजको अध्यक्षमा कमल सुवेदी

शेयेर गर्नुहोस


टीकापुर १४ पुस /
 टीकापुर जेसीज वर्ष २०२६ का लागि अध्यक्षमा कलमराज सुवेदी निर्वाचित भएका छन् । 
निर्वाचन समितिका सदस्य एवं टीकापुर जेसिजका मानार्थ सदस्य पृथ्वीराज ढुंगानाले दिएको जानकारी अध्यक्षमा सुवेदी २६ मत प्राप्त गरी विजयी भएका हुन् । वर्ष २०२५ का कानुनी सल्लाहकार रहेका सुवेदी र कार्यकारिणी उपाध्यक्ष पदमबहादुर शाहीबिच अध्यक्ष पदका लागि मतदान भएको थियो । कुल ४१ मत मध्ये ३८ मत खसेकोमा शाहीले १२ मत प्राप्त गरेका थिए । 
एक वर्षे कार्यकालका लागि चयन हुने जेसिजको कार्यकारिणी उपाध्यक्षमा तारासिंह बम र झलनाथ खनाल सर्वसम्मत चयन भएका छन् । 
त्यस्तै समितिको उपाध्यक्षहरुमा नविन अधिकारी, महेश उपाध्याय रिमाल, अभिशेक शाह, शिवराम चौलागाईं सर्वसम्मत चयन भएको ढुंगानाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *