जेसीजको प्राथमिकतामा तालिम

शेयेर गर्नुहोस


टीकापुर १५ फागुन /
टीकापुर जेसीजले युवाहरुको ब्याक्तित्व तथा नेतृत्व विकासका लागि विभिन्न तालिम सञ्चालन गर्न थालेको छ ।
जेसीजलाई बिधालयको रुपमा परिणत गर्दै जेसीजमा जोडिएका युवाहरुको क्षमता विकासका लागि तालिमहरु सञ्चालन गर्न थालिएको हो । वर्षको सुरुबाटै तालीमहरुलाई प्राथमिकताका साथ आयोजना गरिने अध्यक्ष बलराम चौधरी बताउँछन् । उनले युवाहरूलाई जेसीजमा जोड्नको लागि पनि तालिम महत्त्वपूर्ण हुने बताए । “हाम्रो लक्ष्य नै युवाहरूलाई क्षमतावान बनाउने हो । त्यसमा वर्ष २०२३ को कार्यसमिति क्रियाशिल रहने छ ।” अध्यक्ष चौधरीले भने, “समाजमा सामाजिक दाइत्व पूरा गर्नको लागि पनि क्षमता विकास तालिम आवश्यक हुन्छ ।”
टीकापुर जेसीजले शनिबार मात्रै पुर्व परिचय तथा डाइरेक्टर रिफ्रेसर कोर्स तालिम आयोजना गरेको थियो । जुन तालिममा कैलालीका ११ शाखाको सहभागीता रहेको थियो । तालिमले जेसीजका पदाधिकारीहरुलाई आफ्नो काम, कर्तव्य र जिम्मेवारीको बारेमा सिकाई भएको वर्ष २०२३ का महासचिव रुपकबहादुर विष्टले बताएका छन् । उनकाअनुसार तालिममा सहभागीहरुले कार्यसमितिमा हुँदाको जिम्मेवारी बहन गर्ने कुरामा पोख्त भएको बताएका छन् ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *