शेयेर गर्नुहोस
टीकापुर १७ साउन /
टीकापुर जेसीजले सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार वडा नं. १ स्तरीय खुला कराँते प्रतियोगिता आयोजना गर्दै जेसीजले वर्ष २०२५ को सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको हो । कराँते प्रतियोगितामा पुरुष काता तर्फ प्रीन्स बोहरा प्रथम, रिसभसिंह बुढा दोस्रो र शिरीष बुढाले तेस्रो स्थान हासिल गरेका छन् । त्यसैगरी महिलातर्फ जस्लोमी रावल प्रथम, कल्पना रावल दोस्रो र मानुसी बजगाई तेस्रो भएक छन् ।
किक बक्सिङ ४० केजी तौलतर्फ जस्लोमी रावल विजेता र प्रशंसा रावल उपविजेता बनेका छन् । त्यस्तै ४० केजीतर्फ एकेन्द्र धमाला विजेता बनेका छन् भने रिसभसिंह बुढा उपविजेता बनेका छन् । ५० केजी तौलतर्फ रोशनी तिखातरी विजेता बनेकी छिन भने तेजल तिखातरी उपविजेता बनेकी छन् । ३० केजी तौलतर्फ रञ्जु आचार्य विजेता बन्दा मानुसी बजगाई उपविजेता बनेकी छन् ।
प्रतियोगितामा विजेता तथा उपविजेताले नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा टीकापुर जेसीजका पुर्व अध्यक्ष राजकुमार हमालले सुन्दर भविष्य देखेका बालबालिकाहरुको संरक्षण गर्ने निकायको अभाव रहेको बताएका छन् । उनले खेलकुद क्षेत्रबाट आफुलाई स्थापित गर्न खोज्ने बालबालिकाको अभिभावक स्थानीय सरकार बन्नुपर्नेमा जोड दिए । “सानै उमेरमा बालबालिकाहरुमा देखिएको कराँते खेलप्रतिको मोह हेर्दा उनीहरूको भविष्य उज्ज्वल छ ।” उनले भने, “त्यसमा स्थानीय सरकारले पनि आफ्नो भुमिकालाई देखाउन सक्यो भने राम्रो हुन्थ्यो ।”
कार्यक्रममा कराँते टीकापुर नगर अध्यक्ष कल्पेश कुँवर, टीकापुर सितोरियो कराँते एकेडेमीका सञ्चालक बबरजंग शाही लगायतले बोलेका थिए । टीकापुर जेसीज वर्ष २०२५ का अध्यक्ष भरत भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कराँते प्रतियोगिता कार्यक्रमका संयोजक सुमित रावलले धन्यवाद मन्तव्य राखेका थिए । कार्यकारिणी उपाध्यक्ष पदमबहादुर शाहीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव भानुभक्त जैशीले गरेका थिए ।
साउन ११ गते खेलकुद सामाग्री वितरण गर्दै सुरु भएको जेसीज सप्ताहव्यापी कार्यक्रमका लागि एमपिको हेल्थी किचन, सत्कार बुक्स, हिमालयन इन्स्योरेन्स कम्पनीले।सहयोग गरेको अध्यक्ष भण्डारीले बताएका छन् । उनले कार्यक्रम सफलतापुर्बक सम्पन्न भएको बताउँदै समन्वय र सहकार्य गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।










