जेसीजको २४ औं शाखा अधिवेशन सुरु

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०८ पुस /
टीकापुर जेसीजको २४ औं शाखा अधिवेशन बुधबारदेखि सुरु भएको छ ।
टीकापुर जेसीज वर्ष २०२१ का अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले पछिल्लो समयमा जेसीजमा युवाहरुको आकर्षण घटेको जस्तो देखिएको बताउँदै युवाहरुलाई सकारात्मक विश्लेषण गरेर समाज परिवर्तन तिर लाग्नुपर्ने बताएका छन् । “म मेरी आमालाई कहिले पनि नराम्रो भन्न सक्दैन । मेरा लागि
अर्की आमा भनेको टीकापुर हो । मैले टीकापुरलाई कसरी नराम्रो भन्न सक्छु ।” नगर प्रमुख रावलले भने, ” अहिले राम्रा कुराहरू भन्दा नराम्रा कुराहरूको बढी प्रचार हुन थालेको छ । अहिले वास्तविक कुराहरुमा विश्लेषण हुन छोडेको छ । यस्तै अवस्थामा हामी कता जादैछौं सोच्न जरुरी छ ।”
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्यले नेतृत्व र ब्याक्तित्व विकासमा जेसीजको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै समाजलाई सबल र सक्षम बनाउन जेसीज युवाहरु समाजप्रति उत्तरदायी बन्न आवश्यक रहेको बताएका छन् । उनले युवाहरुलाई जेसीजसँग जोड्न र राज्यको लगानी जेसीजमा हुन पनि आवश्यक रहेको बताए ।
टीकापुर जेसीजका संस्थापक अध्यक्ष प्राध्यापक डा. जगतबहादुर सिंह रावलले सामाजिक सञ्जालमा देखिएका नकारात्मक कुराहरुले टीकापुरप्रतीको धारणा गलत गैरहेको बताउँदै त्यसलाई सुधार गर्न आवश्यक रहेको बताएका छन् । उनले टीकापुर जेसीज वर्ष २०२२ ले एरिया “डि” को कार्यक्रम गर्ने सौभाग्य प्राप्त गरेको भन्दै त्यसलाई सफलतापुर्वक सम्पन्न गर्न टीकापुर वासीको महत्त्वपूर्ण भुमिका रहने बताएका छन् ।
जेसीजका कार्यकारिणी उपाध्यक्ष कमल सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव बलराम चौधरीले गरेका थिए भने जेसीज आस्था पाठ उपाध्यक्ष रुपक बहादुर बिष्टले गरेका थिए । ९ गतेसम्म चल्ने अधिवेशनले वर्ष २०२२ का लागि नयाँ कार्यसमिति चयन गर्ने छ भने श्यामराज पाण्डेको संयोजकत्वमामा निर्वाचन समितीमा ध्रुवबहादुर रावल र रघुराज उपाध्याय सदस्यमा रहेका छन् ।
एक पद एक कार्यकालको नीति बोकेको जेसीजको नेतृत्व एक वर्षमै परिवर्तन हुने हुँदा पनि युवाहरूको आकर्षण बढ्नुको कारण भएको अध्यक्ष लक्ष्मण थापाले बताएका छन् । उनले आफ्नो कार्यकालमा सकेसम्म थुप्रै उपलब्धिमुलक कामहरू गरेको बताउँदै आगामी नेतृत्व अझै जुझारु र लगनशील आउनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *