शेयेर गर्नुहोस
जोशीपुर ११ असार /
जोशीपुर गाउँपालिका को आर्थिक वर्ष २०८१/०८२ को ५५ करोडको अनुमानित बजेट ल्याएको छ ।
गाउँपालिकाको १२ औं गाउँसभा अधिवेशनबाट आगामी आर्थिक वर्षका लागि ५५ करोड ३ लाख ११ हजार पाँच सय अनुमानित बजेट ल्याएको हो । गाँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीको अध्यक्षतामा बसेको गाउँ सभा अधिवेशनमा उपाध्यक्ष रेखादेवी कठरियाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ५५ करोड ३ लाख ११ हजार ५ रुपैयाँ को बजेट सार्वजनिक गरेकी हुन् ।
संघीय वित्तीय समानिकरणबाट ११ करोड ६८ लाख, प्रदेश वित्तीय समानिकरणबाट एक करोड ७ लाख ४६ हजार, संघीय राजश्व बाँडफाँडबाट ९ करोड ६२ लाख, प्रदेश राजश्व बाँडफाँडबाट २६ लाख २३ हजार, संघीय सशर्त अनुदान (चालु) बाट १७ करोड २५ लाख १० हजार ५ सय, संघीय सशर्त अनुदान (पुँजीगत) बाट ९ करोड ३६ लाख, प्रदेश सशर्त (चालु) बाट १२ लाख ८५ हजार, प्रदेश सशर्त (पुँजीगत) १ करोड ३० लाख, संघीय सरकारको विशेष अनुदान १ करोड २० लाख, प्रदेश सरकारको विशेष अनुदान ४५ लाख, प्रदेश समपूरक अनुदान १ करोड, आन्तरिक आय १ करोड ६९ लाख ४७ हजार गरेर कुल ५५ करोड ३ लाख ११ हजार ५ रुपैया बराबरको बजेट प्रस्तुत गरिएको छ।