जोशीपुरले ल्यायो ८३ करोडको बजेट

शेयेर गर्नुहोस


टीकापुर १० असार /
जोशीपुर गाउँपालिकाले आउने आर्थिक वर्ष २०८२/०८३ का लागि ८३ करोड बढीको बजेट सार्वजनिक गरिएको छ ।
गाउँपालिकाको १४ औं गाउँसभा अधिवेशनको दोस्रो बैठकबाट गाउँपालिका उपाध्यक्ष रेखा देवि कठरियाले आउने आर्थिक वर्षका लागि गाउँपालिकाले ८३ करोड ८६ लाख ५९ हजार एक सय ५४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन । गाउँपालिकाले ल्याएको बजेटको प्रमुख स्रोत संघीय सरकार देखिएको छ । गाउँपालिकाले संघीय वित्तीय समानिकरण मार्फत ११ करोड २३ लाख बजेट प्राप्त गर्ने अनुमान गरेको छ ।
त्यसैगरी प्रदेश वित्तीय समानिकरण एक करोड ७ लाख ६९ हजार प्राप्त हुने भनिएको छ । संघीय राजश्व बाँडफाँडबाट ९ करोड २८ लाख ९७ हजार ६ सय ५४, प्रदेश राजश्व बाँडफाँडबाट ३६ लाख २८ हजार, संघीय सशर्त अनुदान चालुतर्फ १६ करोड ६६ लाख, पुँजीगततर्फ ३५ करोड ३९ लाख बजेट प्राप्त गर्ने वक्तव्यमा भनिएको छ ।
गाउँपालिकाले प्रदेश सशर्त अनुदान चालुतर्फ चार करोड, पुँजीगततर्फ ४० लाख, संघीय सरकारको विशेष अनुदान ६९ लाख, संघीय सरकारको समपुरक अनुदान ५० लाख, प्रदेश सरकारको विशेष अनुदान ७५ लाख, समपुरक अनुदान एक करोड ८० लाखलाई बजेटको आधार बनाइएको छ । गाउँपालिकाले आउँदो आर्थिक वर्षमा आन्तरिक आम्दानी तर्फ एक करोड ७० लाख ६४ हजार पाँच सय अनुमान गरिएको छ भने चालू आर्थिक वर्षको अल्या एक लाख अनुमान गरिएको छ ।
उपाध्यक्ष कठरियाले प्रस्तुत गरेको बजेट माथी गाउँसभा सदस्य राजेश कुमार चौधरी, खडक चौधरी लगायतले सुझाव दिएका थिए । गाउँपालिकाको तेस्रो बैठक यहीँ १३ गते बिहान ८ बजे बस्ने गरी स्थगित भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ६३ दशमलव चार प्रतिशत बजेट खर्च भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *