टीकापुरमा थप एक कर्मचारीमा कोरोना पुष्टी

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर २५ असोज /
टीकापुर नगरपालिकामा कार्यरत थप एकजना कर्मचारीमा कोरोना पुष्टी भएको छ ।
बिहिवार स्वास संकलन गरिएका ती कर्मचारीमा आज कोरोना पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिएका छन। स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले नगरपालिकालाई आधिकारिक जानकारी नआए पनि सम्बन्धित व्यक्तिलाई कोरोना पुष्टी भएको खबर प्राप्त भएको बताएका छ्न ।
स्वास्थ्य शाखा प्रमुख रावलले अन्य थप केही व्यक्तिहरुलाई समेत कोरोना पुष्टी भएको जानकारी दिए । उनले वडा नं. ५ मा भारतबाट आएकी एक युवतीलाई समेत कोरोना पुष्टी भएको बताए । उनले आजको विवरण आउन बाँकी रहेकाले संख्या यकिन गर्न नसकेको बताएका छ्न ।
उनले आज मात्रै नगरपालिकाका कर्मचारी र कोरोना पुष्टी भएका व्यक्तिका आफन्त गरी ९७ जनाको स्वास संकलन गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *