शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर २५ असोज
ईलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र रहेका एक जनाको सोमबार बिहान मृत्यु भएको जनाइएको छ ।
विशेष स्रोतका अनुसार प्रहरी चौकी तोरैयाँपुरले हिजो एक जना ४५ वर्षे पुरुषलाई नियण्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय टीकापुरमा बुझाइएको सो व्यक्तिले प्रहरी हिरासत भित्र झुण्डीएको अवस्थामा बिहान भेटिएको ईलाका प्रहरी कार्यालय टीकापुरका एक प्रहरीले बताएका छन् । घटना बारे छानविन गर्न जिल्ला प्रहरी कार्यालय धनगढीबाट एक छानविन टोली टीकापुरको लागि आउँदै गरेको जानकारी प्राप्त भएको छ । घट्नाको प्रहरी द्धारा पुष्टि हुन र विस्तृत विवरण आउन बाँकी रहेको छ । साभार सुदुरसन्दर्भ