टीकापुरमा फुटबल प्रतियोगिता हुँदै

शेयेर गर्नुहोस


टीकापुर २३ भदौ /
टीकापुर नगरपालिकाको वडा नं. ६ स्थित वेलुवा खेल मैदानमा खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
जगननथ्या ग्रुपको आयोजनामा आउने असोज ७ गतेदेखि १४ गतेसम्म उक्त खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी भैरहेको र प्रतियोगितामा जुनसुकै टिमले पनि सहभागिता जनाउन सक्ने आयोजकले बताएको छ । एक लाख ११ हजार एक सय एक रुपैयाँ राशीको फुटबल प्रतियोगितामा उपविजेताले ५१ हजार एक सय एक रुपैयाँ प्राप्त गर्ने ग्रुपका उपाध्यक्ष मदन महतराले जानकारी दिएका छन् । “हामीले युवाहरूलाई खेलकुदमा आकर्षित गर्न र खेलकुदमा लागेका युवाहरूलाई थप उर्जा दिनको लागि प्रतियोगिता आयोजना गर्न लागेका हौं ।” उनले भने, “यसले समग्र टीकापुर क्षेत्रको मात्रै नभई कैलाली जिल्लाको खेलकुदको विकासमा इट्टा थप्ने काम गर्ने विश्वास लिएका छौँ ।”
प्रतियोगितामा उत्कृष्ट किपर, हाइ स्कोरर र वेस्ट पिलिएरले पनि नगद सहित पुरस्कार प्राप्त गर्नेछन् । टिम दर्ताको लागि पाँच हजार पाँच सय दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । टिममा १६ जना खेलाडीको नाम टिम दर्ता गर्दा नै उपलब्ध गराउनुपर्ने भनिएक छ । विजया दशमीलाई लक्षित गरेर आयोजना गरिएको प्रतियोगितामा उल्लेख्य फुटबल टिमको सहभागिता हुने आयोजकले अपेक्षा गरेको छ । उक्त प्रतियोगितालाई आयोजकले फुटबल प्रतियोगिताको हकमा नगरपालिका भित्रको सबैभन्दा ठूलो धनराशिको प्रतियोगिता भएको दाबी पनि गरेका छन् । प्रतियोगितामा ८ देखि १० लाखसम्म लागत लाग्ने अनुमान आयोजकको छ ।
प्रतियोगिता आयोजना गर्दा बचत भएको रकमले वडा नं. ६ का बाढीपिडितलाई राहत सामाग्री हस्तान्तरण गर्ने योजना रहेको टीकापुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तथा ग्रुपका अध्यक्ष सल्लाहकार दिपक चौधरीले जानकारी दिएका छन् । उनले टीकापुर क्षेत्रबाट खेलकुद क्षेत्रको विकासमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताए । खेलाडी कल्पेश कुँवरले टीकापुरमा खेलकुदका सम्भावना धेरै भए पनि अवसर नपाउँदा कैयौं खेलाडी पलायन भएको बताएका छन् । उनले स्थानीय सरकारले खेलाडी र खेलकुदको क्षेत्रलाई महत्त्व नदिएकोमा गुनासो समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *