टीकापुरमा बैशाख १५ बाट बार्षिक परिक्षा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०६ बैशाख /
टीकापुर नगरपालिकाले वार्षिक परीक्षा सकेरमात्र विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले कैलाली लगायत कोरोनाबाट बढी प्रभावित १४ जिल्लाका निजी तथा सार्वजनिक विद्यालय बन्द गर्ने निर्णय गरे पनि नगरपालिकाले तत्काल नगरपालिका क्षेत्रमा कोरोनाको जोखिम नबढेको भन्दै परीक्षा सकेर मात्र विद्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले जानकारी दिएका छन् । ‘हामीले कक्षा १० सम्मको परीक्षा बैशाख १५ गतेदेखि २४ गतेसम्म गर्ने निर्णय गरेका छौं ।’ शिक्षा अधिकृत अवस्थीले भने, ‘त्योभन्दा पहिले जटिल समस्या नआएको अवस्थामा विद्यालय बन्द हुँदैनन् । परीक्षा सकेरमात्र नगरपालिका क्षेत्रभित्रका विद्यालय बन्द हुन्छन् ।’
उनले अहिलेको भन्दा स्थिति झन् जटिल हुँदै जानसक्ने भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको बताएका छन् । शिक्षा अधिकृत अवस्थीले अन्य पालिकाका विद्यालयको तुलनामा ७५ देखि ८० प्रतिशत पाठ्यक्रमको पठनपाठन भइसकेको बताउँदै त्यहीअनुसार प्रश्न पत्र तयार गरिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *