शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर १४ असार/
यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा टीकापुर नगरपालिकाले ४९ प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल भएको छ ।
नगरपालिका भित्रका सामुदायिक र संस्थागत बिधालयहरुको समग्र नतिजाको आधारमामा कुल बिद्यार्थी संख्याको ४९ दशमलव १० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल भएको छ । यसवर्ष टीकापुरबाट एसईईमा एक हजार ६ सय ९ जना बिद्यार्थी सहभागी थिए भने त्यसमध्ये ७ सय ९० जना बिद्यार्थी उतिर्ण भएका छन् । ८ सय १९ जना बिद्यार्थीले मौका परिक्षा दिन पाउने छन् ।
टीकापुरमा सामुदायिक भन्दा संस्थागत बिधालयको नतिजा राम्रो आएको छ । संस्थागत बिधालयबाट ६ सय ३८ जना बिद्यार्थी एसईईको परिक्षामा सहभागी भएका थिए । जसमध्ये पाँच सय पाँच जना अर्थात ७९ दशमलव १५ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । त्यसैगरी ९ सय ७१ जना सामुदायिक बिधालयबाट परिक्षामा सहभागी भएकोमा दुई सय ८५ जना अर्थात २९ दशमलव ३५ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।
प्रतिशतका हिसाबले सामुदायिक तर्फ सबैभन्दा बढी राष्ट्रिय माद्यामिक बिधालय नारायणपुरबाट उतिर्ण भएका छन् । जसले २७ जना बिद्यार्थीमा १३ जना बिद्यार्थी उतिर्ण गराउन सफल भएको छ । त्यसैगरी दोस्रोमा खड्ग स्मृति माद्यामिक बिद्यालय रहेको छ । जहाँबाट एक सय ७८ जना बिद्यार्थीले परिक्षा दिएका थिए । जसबाट ७६ जना उतिर्ण भएका छन् । जुन ४२ दशमलव ७० प्रतिशत हुन आउँछ । कर्णाली माद्यामिक बिधालय टीकापुरले एक सय ४० जना बिद्यार्थी उतिर्ण गराएको छ । जहाँ तीन सय ६६ जना बिद्यार्थी एसईईमा सहभागी थिए । कर्णाली बाट ए प्लस ल्याएर १५ जना बिद्यार्थी पास भएका छन् ।
प्रतिशतको हिसाबले सबैभन्दा कम बिद्यार्थी हिमालय माद्यामिक बिधालय घियामा उतिर्ण भएका छन् । जहाँ २९ जना बिद्यार्थी मध्ये एकजना मात्रै उतिर्ण भएका छन् । उसो त त्रिभुवन राष्ट्रिय माद्यामिक बिधालय मौरनियामा पनि १७ जनामा एकजना मात्रै उतिर्ण भएको तथ्यांक छ । गतवर्ष उक्त बिधालय निल भएको थियो । उता राष्ट्रिय माद्यामिक बिधालय सुनाहाफाँटामा २२ जना बिद्यार्थीमा दुईजना बिद्यार्थी पास भएका छन् । यो बिधालय पनि गतवर्ष निल भएको थियो । समग्रमा हेर्दा सामुदायिक बिधालयको नतिजा कम्जोर देखिएको छ ।
संस्थागत बिधालयहरुमा सबैभन्दा बढी बिद्यार्थी खड्ग मेमोरियल इङलिस बोर्डिङ स्कुल र सप्तऋषी माद्यामिक बिधालयबाट उतिर्ण भएका छन् । ४८ जनामा खड्ग मेमोरियलमा ४७ जना विद्यार्थी उतिर्ण हुँदा सप्तऋषीबाट १८ जनामा १७ जना विद्यार्थी उतिर्ण भएका छन् । त्यस्तै माउण्ड सैपालबाट २८ मा १८ जना, आइएमइ स्कुल अस्नेहरीबाट २२ जनामा १३ जना, रामजानकी इङलिस बोर्डिङ स्कुल अस्नेहरीबाट १६ जनामा १० जना विद्यार्थी उतिर्ण भएका छन् ।
त्यसैगरी मेरिगोल्ड एकेडेमीले भने ८ जना विद्यार्थीमा एकजना मात्रै उतिर्ण गराउन सफल भएको छ । ९२ जना विद्यार्थीले परिक्षा दिएको युनाइटेड एकेडेमीबाट ७६ जना विद्यार्थी उतिर्ण भएका छन् । एक सय १४ जना विद्यार्थी रहेको आरएमईबाट ९२ जना उतिर्ण भएका छन् । त्यस्तै कालिका इङलिस बोर्डिङ स्कुल नारायणपुरबाट २६ जना बिद्यार्थीले परिक्षा दिएकोमा १६ जना विद्यार्थी पास गराएको छ । यता न्युलाइट एजुकेसन होमबाट ६४ जना बिद्यार्थीमा ५९ जना बिद्यार्थी उतिर्ण भएका छन् ।
एक सय १६ जना बिद्यार्थी रहेको वीरेन्द्र बिद्यामन्दिर माद्यामिक बिधालयबाट ९२ जना विद्यार्थी उतिर्ण भएका छन् । ४९ जना विद्यार्थी एसईईमा सहभागी गराएको सन्त निरंकारी आदर्श माद्यामिक बिधालयबाट ३८ जना बिद्यार्थी उतिर्ण भएका छन् । गणेश बाबा इङलिस बोर्डिङ स्कुलबाट ३० जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा २६ जना उतिर्ण भएको प्रधानाध्यापक गजेन्द्र बुढाले जानकारी दिएका छन् । ७ जना बिद्यार्थीलाई एसईईको परिक्षामा सहभागी गराएको अरनिको इङलिस बोर्डिङ स्कुलबाट भने कोहि विद्यार्थी उतिर्ण नभएको तथ्यांक बाहिर आएको छ ।
टीकापुरमा गतवर्ष सामुदायिक तर्फ १७ प्रतिशत बिद्यार्थी उतिर्ण भएका थिए । भने समग्रमा ३८ प्रतिशत बिद्यार्थी उतिर्ण भएको शिक्षा अधिकृत नरेश अवस्थीले जानकारी दिएका छन् । उनका अनुसार समग्रतामा यसवर्ष गतवर्षको भन्दा केहि सुधार भएको पाइएको छ ।
भजनीमा यसवर्ष पनि तीन बिधालयको नतिजा शुन्य
गतवर्ष पाँचवटा बिधालयको एसईईको नतिजा शून्य भएको भजनी नगरपालिकामा यसवर्ष तीनवटा बिधालयको नतिजा शून्य भएको छ । सामुदायिक तर्फ चार सय ७३ जना बिद्यार्थी परिक्षामा सहभागी भएकोमा ६६ जना बिद्यार्थी मात्रै उतिर्ण भएका छन् । भजनीमा यसवर्ष कृष्णधोज चन्द माद्यामिक बिधालय, राष्ट्रिय माद्यामिक बिधालय धुसी, राष्ट्रिय माद्यामिक बिधालय पल्टुपुरले शुन्य नतिजा हासिल गरेका छन् । त्यसमध्ये राष्ट्रिय माद्यामिक बिधालय धुसीले गतवर्ष पनि शून्य नतिजा ल्याएको थियो ।
भजनीमा एक सय ४९ जना बिद्यार्थी रहेको महुन्याल माद्यामिक बिधालयबाट ४८ जना, सिभिल इन्जिनियरिङ अध्ययन हुँदै आएको कर्मेश्वर माद्यामिक बिधालयबाट ९६ जनामा एकजना, राष्ट्रिय माद्यामिक बिधालय पडमुडियाबाट ४३ जनामा पाँच जना, राष्ट्रिय माद्यामिक बिधालय महादेउलीबाट १२ जनामा एकजना, राष्ट्रिय माद्यामिक बिधालय खैलाडबाट ४४ जनामा पाँच जना,महेन्द्र माद्यामिक बिधालय पगियापसारबाट १९ जनामा एकजना र दुर्गा माद्यामिक बिधालय कुसुमघाटबाट ३४ जनामा एकजना बिद्यार्थी उतिर्ण भएका छन् ।
भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेले नगरपालिका भित्रका बिधालयको शैक्षिक सुधार नभए जागिरबाट राजिनामा दिने घोषणा गरेका थिए । उनले घोषणा गरेअनुसार कक्षा ८ को वार्षिक परिक्षाको नतिजामा केही सुधार देखिए पनि एसईईको परिक्षामा त्यो सुधार देख्न पाइएन । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई यस विषयमा सोध्न खोज्दा उनको मोबाइल अफ गरिएको थियो ।
शिक्षा तथा समन्वय ईकाइ कार्यालय कैलालीका सूचना अधिकारी प्रताप धामीका अनुसार कैलालीमा नियमिततर्फ १४ हजार ३६६ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । उनीहरुमध्ये ६ हजार एक सय ७९ ४१ प्रतिशत उत्तीर्ण भएका छन् । ग्रेडवृद्धितर्फ चार हजार तीन ८५ विद्यार्थीले परीक्षा दिएकोमा एक हजार तीन ४४ विद्यार्थी उत्तीर्ण भएका छन् ।
कैलालीमा ७ जनाले ल्याए ४ जिपीए
यस वर्षको एसईई परीक्षामा टीकापुरका दुई विद्यार्थीसहित कैलालीका सात जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । शिक्षा तथा समन्वय इकाइ कार्यालय कैलालीका अनुसार एक जना सामुदायिक विद्यालय र अन्य ६ जना निजी विद्यालयका विद्यार्थीहरुले एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेका हुन् ।
टीकापुरस्थित गणेशबाबा इंग्लिस बोर्डिङ स्कुलकी छात्रा भुवन उपाध्यायले ४ जीपीए ल्याएकी छन् । त्यस्तै टीकापुरकै युनाइटेड एकेडेमीका निखिल लोहार समेत चार जीपीए ल्याएका छन् ।
सामुदायिक विद्यालयतर्फ धनगढी उपमहानगरपालिका वडा नं. ३ मा रहेको त्रिभुवन माध्यमिक विद्यालय बोराडाँडीका अशोक अवस्थीले ४ जीपीए ल्याएका छन् । उनी कैलालीका सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउने एक मात्रै विद्यार्थी हुन् ।
सुख्खडमा रहेको पायोनियर्स एकेडेमीका रक्षा बुढाले समेत ४ जीपीए ल्याएकी छन् । धनगढी उपमहानगरपालिका वडा नं. ८ मा रहेको एरिस्टो बोर्डिङ स्कुलका दुई विद्यार्थीले ४ जीपीए ल्याएका छन् । विद्यालयका अनुसार गौरव उपाध्याय र प्रदीप गिरीले ४ जीपीए ल्याएका छन् भने धनगढीकै जेसीज एभरेष्ट स्कुलका जस्टिन चन्दले समेत ४ जीपीए ल्याएका छन् ।