टीकापुर अस्पतालको अध्यक्षमा सोडारी

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०४ चैत / टीकापुर अस्पताल विकास समितिको अध्यक्षमा झपट बहादुर सोडारी नियुक्त भएका छन् ।
प्रादेशिक अस्पतालको रुपमा रहेको टीकापुर अस्पतालमा दुई वर्षको लागि सोडारीलाई समितीको अध्यक्षमा नियुक्त गरिएको हो । प्रदेश सरकारको मन्त्री परिषदको निर्णयले सोडारीलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको छ । अस्पतालको अध्यक्षमा नियुक्त भएका सोडारीले टीकापुर अस्पताललाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि आफुले मात्रै सबै कुरा पूरा गर्न नसक्ने बताउँदै सबैको साथ सहयोग र समन्वयबाट टीकापुर अस्पतालको विकासलाई थप उचाईमा पुर्याउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *