टीकापुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि चक्रपाणी सापकोटा प्यानल घोषणा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १५ भदौ /

टीकापुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि हुने भदौ १८ गते हुने निर्वाचनका लागि चक्रपाणी सापकोटाको प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।
निर्वाचनका लागि अध्यक्षमा चक्रपाणी सापकोटा,उपाध्यक्ष उद्योग तर्फ जगतराज चौधरी, उपाध्यक्ष वाणिज्य तर्फ कृष्ण प्रसाद उपाध्याय बजगाई, महासचिवमा परमानन्द पाण्डे, सचीवमा तपेन्द्र कुँवर, कोषाध्यक्षमा हरिलाल डगौंराथारु रहेका छन् ।
त्यस्तै सदस्यमा पृथ्वी राज ढुंगाना, प्रकाश तिमिल्सिना, हेमन्त रावल, बम बहादुर ओली, विनोद शर्मा बिरही, दुर्गा शाहु, नवराज देवकोटा, जनजाति तर्फ जितबहादुर चौधरी, दलित महिला सदस्यमा माया बागदास, महिला सदस्यमा पार्वती महतो रहेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार सापकोटाले आफुहरुले बजारको बस्तुस्थिती बुझेको र टीकापुर बजारलाई चलायमान बनाउनकै लागि उम्मेदवार दिएको बताएका छन् । त्यस्तै उपाध्यक्षका उम्मेदवार जगतराज चौधरीले व्यवसायीहरुको हक हितका लागि काम गर्नसक्ने क्षमता भएको टीम आफुहरुको भएको बताउँदै सबैलाई सहयोगको आग्रह गरे ।
महासचिवका उम्मेदवार परमानन्द पाण्डेले वाणिज्य संघले पहिले नै बजारको वस्तु स्थितिको मुल्यांकन गर्दै बनाएको योजनाअनुसार बजारलाई अगाडी बढाउन सकिने बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *