शेयेर गर्नुहोस
समाधान समाचार,
टीकापुर,०७ भाद्र/ टेक बहादुर स्मृति प्रतिस्ठानले पाचौं टेकबहादुर स्मृति दिवस मनाएको छ।
२०७२ साल भदौ ७ गते भएको टीकापुर घटनामा परि ज्यान गुमाएका एक जना एसएसपी ९ प्रहरी र १८ महिने बालक टेकबहादुर साउदको स्मृतिमा कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा ज्यान गुमाएकाहरु प्रती समवेदना सहित तस्बिरमा माल्यार्पण गरि स्मृति दिवस मनाइएको प्रतिस्ठानका तेजबहादुर बोहराले जानकारी दिएका छ्न।
टीकापुर घटना भएको पाँच बर्ष पूरा भैसक्दा पनि राज्यले टीकापुर घटनालाई अझै सम्म किनारा लगाउन सकेको छैन।घटनाको मुख्य आरोपी भनिएका रेशमलाल चौधरीले संघीय चुनावमा अत्याधिक बहुमतले बिजय भए पनि राज्यले नत उनको सांसद पद रद्द गर्ने सक्यो नत टीकापुरलाई जनप्रतिनिधि दिन नै। टीकापुर राज्यबाट त्यही टीकापुर घटनाकै कारण उपेक्षामा पर्दै आएको छ।
राज्य संचालन गर्दै आएका ठुला राजनितीक दल जनताको सामुन्यमा टीकापुर घटनालाई राजनीतिक घटना भन्ने तर जनताको नजरबाट बाहिरीएसंगै सबै कुरा बिर्सने गर्दा टीकापुर अनिर्णयको बन्दी जस्तै बनेको छ।