टीकापुर जग्गा प्रकरण : ८९ जना दोषी ठहर

शेयेर गर्नुहोस


टीकापुर २६ पुस /
टीकापुर जग्गा प्रकरणमा दुई सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको मा ८९ जना बाहेक अरु सबैले सफाइ पाएका छन ।

टीकापुर नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावललगायत सदस्यहरू श्याम खत्री, बमबहादुर बम, देवेन्द्रबहादुर कुँवर, पदमराज न्यौपाने, खडगबहादुर शाह, अम्बादत्ता जोशी, योजना प्रमुख बलबहादुर कडायत, नापी अधिकृत मानबहादुर चन्द र मालपोत अधिकृत जयबहादुर विष्टलाई दोषी ठरह गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरूलाई डेढ महिना कैद र १३ लाख ७ जार रुपैयाँका दरले जरिवाना भएको छ । अरु सबै आरोपितहरूले सफाइ पाएका छन् ।

उनीहरूले बदनियतपूर्वक किर्ते प्रमाण राखेर आवेदन गर्ने प्रथम तहका खरिदकर्ता व्यक्तिको नाममा जग्गा दाखिला गर्न सिफारिस गरेको अदालतले ठहर गरेको छ।

जोशी र सिंह रावललाई एक वर्ष ६ महिना कैद र जनही १३ लाख ७ हजार तीन सय रूपैयाँ जरिवाना ठहर गरिएको छ।

अन्य प्रतिवादीहरू उपसमितिका सदस्यहरू श्याम खत्री, बमबहादुर बम, देवेन्द्र कुँवर, पदमराज न्यौपाने, खडकबहादुर शाह, अम्बादत्त जोशी, बलबहादुर कडायत, मानबहादुर चन्द र जयबहादुर विष्टलाई पनि तीन महिना कैद र १३ लाख ७ हजार तीन सय रूपैयाँ दामासाहीले जरिवाना ठहर गरिएको छ।

ललित ताम्राकार, धिजराज रेग्मी, प्रेमसिंह विक, भरत स्वार, वेदराज जोशी ढुंगाना, दयाराम संज्याल, पूर्णबहादुर बोगटी, अमरबहादुर कडायत, मदन कुँवर र ताराप्रसाद सञ्ज्यालले सफाइ पाएका छन्।

उनीहरूले कुनै नाता सम्बन्धका व्यक्ति, नातेदार वा आफन्तलाई सिफारिस समेत गरेको नपाइएको भन्दै अनुमान र शंकाको भरमा कसुर ठहर गर्न नमिल्ने अदालतले उल्लेख गरेको छ।

निमित्त योजना प्रमुख झपरबहादुर विक, नापी अधिकृत गणेबहादुर बम, खरिदार धनिराम भण्डारी, सबइन्जिनियर नेतबहादुर रावल र फिल्ड सुपरभाइजर देवीलाल घिमिरेको पनि निर्णायक भूमिका नदेखिएको भन्दै सफाइ पाएका छन्।

यस्तै अन्य ७८ जनाको हकमा तीन महिना कैद र जग्गा अनुसारको जरिवाना तोकेको छ। जग्गा पनि जफत गरी समितिकै कायम हुने ठहर गरेको छ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *