शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर १४ पुस/
टीकापुर जेसीजको २४ औं शाखा अधिवेशनबाट वर्ष २०२२ का लागि टोप प्रकाश विक विजयी भएका छन् ।
मंगलबार भएको मतदानमा विकले ३७ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्दी बलराम चौधरीले ३३ मत ल्याए । पुस ७ गते सुरु भएको शाखा अधिवेशन नयाँ नेतृत्व चयनका लागि निकै प्रयासहरु भएपनि सहमति जुट्न नसकेपछि अध्यक्ष र कार्यकारिणी उपाध्यक्षका लागि निर्वाचन भएको थियो । कार्यकारिणी उपाध्यक्षमा रुपक बहादुर बिष्ट र कृष्णा चौधरी निर्वाचित भएका छन् । बिष्टले ४६ र चौधरीले ५४ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दी डिल्ली प्रसाद जैशीले ३४ मत ल्याएका छन् । ७० जना मतदाता रहेको टीकापुर जेसीजको निर्वाचनमा शतप्रतिशत मत खसेको थियो । बाँकी चार जना उपाध्यक्षमा भुपेन्द्र खड्का, जीवन गौचन, पृथ्वी चपाई र प्रकाश खत्री निर्विरोध निर्वाचित भैसकेका थिए । महासचिव, कानुनी सल्लाहकार र कोषाध्यक्षको मनोनयन अध्यक्षले गर्ने व्यवस्था रहेको छ ।
वर्ष २०२२ मा टीकापुर जेसीजको आयोजनामा एरिया “डि” कार्यक्रम टीकापुरमा हुने भएकोले यसपटकको नेतृत्वलाई पुर्व जेसीजहरुले महत्त्वका साथ हेरेका छन् ।