शेयेर गर्नुहोस
टीकापुर ०७ असार/
टीकापुरमा शुक्रबार “युवा सँगै अघि बढौं” भन्ने मुल नारा सहित संगित उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाे छ ।
टीकापुर जेसीजकाे आयाेजनामा हाम्रो व्याण्ड टिकापुर, मेलाेडी मेकर्स टीकापुर र विभिन्न बिद्यालयका सांगीतिक प्रस्तुतिसँगै कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष माेहन विकले कार्यक्रमलाई उद्घाटन गर्दै कार्यक्रमले टीकापुरका युवा समूह सकारात्मक बाटाे तर्फ पनि लागिरहेका छन भन्ने महसुस भएको बताएका छन् ।
उनले प्रस्तुत भएका कलाकार भाईबहिनिहरुलाई याे कार्यक्रमले उहाँहरुकाे व्यक्तित्व विकास र क्षमता विकास हुने मात्रै नभई टीकापुरलाई हेर्ने दृष्टिकोण पनि सकारात्मक हुने बताए। यस्ता सकारात्मक कार्यक्रमहरुकालागि टीकापुर नगरपालीका वडा कार्यालय सधै साथमा रहने समेत बताए ।
कार्यक्रमका विशिष्ट अतिथि गायक तथा संगितकार नर बहादुर बटालाले संगित गर्नेहरुमा सरस्वतीकाे कृपा हुने र भगवानकाे काखमा रमाउने व्यक्तिले नकारात्मक बाटाे नराेज्ने गरेकाे बताएका छन् । कार्यक्रममा हाम्राे व्याण्ड, मेलाेडी मेकर्स, आर.एम.ई विद्यालय र त्रिपथ विद्या निकेतनका कालाकारहरुकाे सांगीतिक प्रस्तुती रहेकाे थियाे भने कार्यक्रम संचालन टीकापुर जेसीजका अध्यक्ष भरत भण्डारी र रेखा शाही ठकुरीले गरेका थिए ।