टीकापुर जेसीजको साप्ताहिक कार्यक्रम सुरु

शेयेर गर्नुहोस


टीकापुर १६ मंसिर /
टीकापुर जेसीज वर्ष २०२३
को साप्ताहिक कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ ।
जेसीज वर्ष २०२३ का अध्यक्ष बलराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर जेसीजका पुर्व अध्यक्ष राजकुमार हमालले जेसीज अभियानमा लागेका युवाहरूको क्षमता मजबुत हुने विश्वास व्यक्त गरेका छन् । उनले देशको अवस्था निकै नाजुक भएको बताउँदै त्यसैको उपज सक्षम युवाहरू पनि देशबाट पलायन भएको बताएका छन् । देशमा आज पनि तानाशाहरुको अन्त्य हुन सकेको छैन । “एउटा ब्याक्ती १६ वर्ष अध्ययन गरेर अन्तिममा ६ महिनाको कुनै देशको भाषा सिकेर विदेश जानुपर्ने बाध्यता छ ।” हमालले भने, “यो अवस्थाको सिर्जना तिनै गणतन्त्रका तानाशाहीहरुले निम्त्याएको उपज हो ।”
उद्घाटन कार्यक्रममा टीकापुर जेसीज पुर्व अध्यक्ष लक्ष्मण थापा टीकापुर जेसीजको इतिहास लामो रहेको बताउँदै जेसीज नेपालको नेतृत्व लिने नेतृत्वको जन्म हुन आवश्यक रहेको बताएका छन् । उनले युवाहरूका विकासका लागि जेसीज महत्त्वपूर्ण संस्था भएको बताएका छन् । पुर्व अध्यक्ष श्यमराज पाण्डेले साप्ताहिक कार्यक्रमले युवाहरूमा नेतृत्व क्षमताको विकासमा महत्त्वपूर्ण भुमिका रहने बताएका छन् । उनले जेसीज समाजलाई प्रत्यक्ष जोडेर काम गर्न आग्रह पनि गरेका छन् । पुर्व अध्यक्ष नवराज रावलले जेसीज सिकाईको पाठशाला भएको बताएका छन् । उनले कार्यक्रम आयोजना गरेर मात्रै त्यसको कुनै औचित्य नहुने बताउँदै त्यसको प्रभाव पर्न सके मात्रै सफल मान्न सकिने बताएका छन् । रावलले पछिल्लो समय जेसीज प्रतिको चासो घट्दै गएको अनुभुती भएको बताएका छन् । छिमेकी शाखा जानकी जेसीजका अध्यक्ष भरत थापाले टीकापुर जेसीजको गर्विलो इतिहास रहेको बताउँदै टीकापुर जेसीजले जानकीलाई पनि सँगसँगै अगाडि लैजानेमा विश्वास व्यक्त गरेका छन् ।
साप्ताहिक कार्यक्रममा आज (शनिबार) स्टेसनरी वितरण कार्यक्रम, १७ गते हाफ म्याराथुन, २० गते अस्पतालमा सरसफाइ तथा फलफुल वितरण, मंसिर २१ गते नि:शुल्क आँखा जाँच शिविर, २२ गते सुस्त गति मोटरसाइकल दौड, र मंसिर २३ गते रक्तदान कार्यक्रम तथा समापन कार्यक्रम रहेको छ । कार्यक्रमको बारेमा जानकारी तथा स्वागत कार्यकारिणी उपाध्यक्ष तथा सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक भरत भण्डारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव रुपकबहादुर विष्टले गरेका थिए । धन्यवाद मन्तव्य वृक्षारोपण कार्यक्रमका संयोजक सुशील भट्टराईले राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *