शेयेर गर्नुहोस
टीकापुर १२ साउन /
टीकापुर जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन कर्णाली माध्यमिक विद्यालय टीकापुरका विद्यार्थीलाई स्कुल झोला वितरण गरेको छ ।
विद्यालयमा अध्यनरत गरिब तथा जेहन्दार ४० जना विद्यार्थीलाई हिमालयन लाईफ इन्स्याेरेन्सकाे सहयाेगमा स्कुल झोला वितरण गरेको हो । टीकापुर जेसीजका कार्यकारिणी उपाध्यक्ष एवम् कार्यक्रमका संयाेजक पदम बहादुर शाहीको अध्यक्षतामा भएको स्कुल झोला वितरण कार्यक्रममा टीकापुर जेसीजका मानार्थ सदस्य पृथ्वीराज ढुङ्गानाले विद्यार्थीकाे शैक्षिक उन्नतिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छन् ।
उनले शैक्षिक क्षेत्रमा कर्णालीले छोटो समयमा उल्लेख्य प्रगति गर्दै गएको बताउँदै सबै अभिभावक तथा बिद्यार्थीको रोजाइ कर्णाली बन्दै गएको बताएका छन् । साथै उनले सामाजिक उत्तरदायित्वको क्षेत्रमा इन्स्योरेन्स कम्पनीले गरेको काम झन प्रशंसा योग्य रहेको बताएका छन् ।
सो अवसरमा विशिष्ट अतिथि टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा कर्णाली माद्यामिक बिधालय व्यवस्थापन समिति अध्यक्ष माेहन विकले टीकापुर जेसीजले विगत लामाे समय देखि टीकापुर क्षेत्रमा जेसीज युवाहरु मार्फत व्यक्तित्व र नेतृत्व विकासमा राम्रो क्रियाकलाप गर्दै आइरहेकाे बताएका छन्। उनले गरिब तथा जेहन्दार विद्यार्थीलाई स्कुल झोलाले शैक्षिक क्षेत्रमा थप उर्जा मिल्ने बताउदै विद्यार्थीलाई जुनियर जेसीजमा आवद्ध हुन समेत आग्रह गरेका छन् ।
हिमालयन लाइफ इन्स्योरेन्स सुदूरपश्चिम प्रदेशका उप प्रमुख तारासिंह बमले सामाजिक उत्तरदायित्व अन्तरगत टीकापुर जेसीजसँग सम्वनय गर्दै आवश्यकता भएका विद्यार्थीलाई स्कुल झोला वितरण गर्न पाउँदा खुसी लागेको बताए । जीवन बिमा गर्नु पनि समाजिक कार्य रहेकाे र त्यसमा पनि यसरी गरिब तथा जेहन्दार विद्यार्थीलाई स्कुल झोला वितरण गर्दा विद्यार्थीकाे शैक्षिक भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जेसीज आस्था लिखराम चाैधरी, मिसन भिजन वाचन अभिषेक शाह, स्वागत मन्तव्य सुनिल चाैधरी, धन्यवाद मन्तव्य टीकापुर जेसीजका अध्यक्ष भरत भण्डारीले राखेका थिए भने सञ्चालन महासचिव भानुभक्त जैशीले गरेका थिए ।










