टीकापुर नगरको बजेट ८१ करोड २३ लाख

शेयेर गर्नुहोस


टीकापुर ०८ असार /

टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट ८१ करोड २३ लाख बराबरको ल्याएको छ ।
आर्थिक बर्ष ०८०/०८१ कालागि ८१ कराेड २३ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेकाे हो ।आगामि आर्थिक बर्षकालागि नगरपालिका सहित सम्पुर्ण वडाकाे साधारण चालू खर्च तर्फ कुल १४ कराेड ६० लाख र नगरपालिकाकाे प्राथमिकता प्राप्त निरन्तर चालू तथा पुँजीगत याेजनामा ८कराेड ४३ लाख गरी जम्मा २३ कराेड तीन लाख विनियोजन गरेको छ भने समपुरक ,विशेष तथा ससर्त बाहेक नगरपालिकाकाे कुल पुँजीगत खर्च र २० कराेड ५० लाख ६४ हजार ५ सय ६० र चालु तर्फ २५ कराेड ९८लाख रकम र सबै वडाहरूकालागि पुजिगत रकम ५ कराेड ६०लाख रकम विनियोजनगरेको छ ।
नगरपालिकाका नगर उपप्रमुख खडकबहादुर शाहले चालू वर्षको संशोधित अनुमान एक अर्ब पाँच करोड १५ लाख ७१ हजार रुपियाँ रहेको र आउँदो वर्षका लागि संघीय अनुदानबाट ६४ करोड ९३ लाख ५५ हजार, प्रदेश सरकारको अनुदानबाट चार करोड ७७ लाख २१ हजार र नगरपालिकाको आन्तरिक आय ११ करोड ४२ लाख ३ हजार हुने अनुमान गरेका छन् ।
नगरपालिकाले विशेषज्ञ चिकित्सक सेवा, निशुल्क रगत, हाम्री छोरी प्यारी छोरी, मेयर प्राविधिक शिक्षा छात्रवृति कार्यक्रम, जनतासंग मेयर उपमेयर कार्यक्रम, आमासंग उपमेयर, होम टु हस्पिटल लगायतका पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ ।
नगरपालिकाले यस वर्षका करका कुनै पनि दरहरु परिवर्तन नगरेको जनाएको छ । प्रस्तुत बजेट अध्ययनका लागि सभाका सदस्यले माग गरेकाले एक दिन अध्ययनको समय दिएकाले असार ८ गते बजेटमाथि छलफल हुनेछ । असार ५ गते शुरु भएको नगर सभाको पहिलो दिन नगरप्रमुख रामलाल डगौरा थारुले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *