टीकापुर नगरपालिकाको बजेट ८५ करोड

शेयेर गर्नुहोस


टीकापुर १० असार /
टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ८५ करोड बन्दा बढीको अनुमानित बजेट ल्याएको छ ।
नगरपालिकाको १५ औं १५ औं नगर सभा अधिवेशनले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सहित आगामी वर्षका लागि ८५ करोड ४४ लाख १० हजारको अनुमानित बजेट ल्याएको हो । जसमा संघीय अनुदान तर्फ वित्तीय समानीकरणबाट १८ करोड ६२ लाख, ससर्त अनुदान चालुतर्फ ३१ करोड ८ लाख, पुँजीगततर्फ दुई करोड १४ लाख, राजस्व बाँडफाँडबाट १४ करोड ९२ लाख २३ हजार र विशेष अनुदानबाट तीन करोड अनुमान गरिएको छ ।
त्यसैगरी सुदुरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरणबाट एक करोड ७९ लाख ९९ हजार, राजस्व बाँडफाँडबाट ९७ लाख ४६ हजार, समपुरकबाट ७५ लाख, विशेष अनुदानबाट ४० लाख र ससर्त अनुदानबाट ३८ लाख ८५ हजार अनुमान गरिएको छ । नगरपालिकाले आन्तरिक स्रोतमा आन्तरिक आयतर्फ ७ करोड ५३ लाख दुई हजार, मालपोत रजिस्ट्रेशनबाट तीन करोड ७५ लाखब्र वन रोयल्टीबाट सात लाख ७६ हजार गरी …. रकम अनुमान गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि समपुरक, विशेष तथा समपुरक, विशेष तथा ससर्त बाहेक नगरपालिकाको कुल पुँजीगत खर्च २२ करोड ५० लाख र चालू तर्फ २५ करोड १७ लाख ४७ हजार रुपैयाँ विनियोजन गरएको छ । पुँजीगत रकममा वडाको लागि ६ करोड, समपुरकमा दुई करोड ६० लाख, नगर गौरवको योजनाका लागि वडा स्तरबाट ८ करोड ८० लाख, नगर स्तरबाट ७० लाख ३८ हजार, विषयगत शाखाको लागि दुई करोड ५० लाख विनियोजन गरिएको छ ।
त्यसैगरी पुर्वाधार विकासमा तीन करोड २४ लाख, आर्थिक विकासमा एक करोड २० लाख, सामाजिक विकासमा एक करोड २० लाख, वातावरण तथा विपद क्षेत्रमा १८ लाख, संस्थागत विकास सेवा प्रवाह र सुशासनमा १८ लाख विनियोजन गरिएको छ । नगरपालिकाले विषयगत शाखाको लागि दुई करोड ५० लाख विनियोजन हुँदा महामारी तथा विपद व्यवस्थापन कोषमा एक करोड २० लाख जम्मा गर्ने भनिएको छ ।
नगरपालिकाले वडा तहमा विनियोजन बजेट वडा गौरवको योजना अनुसार वडा नं. १ ले एक करोड ६० लाखलाई चार भागमा विभाजन गरेर ४० लाखका योजना बनाएको छ । वडा नं.२, ३,५, ६, ८ र ९ ले ९० लाखको एउटै योजना बनाएका छन् भने वडा नं. ४, वडा नं. ७ ले दुई योजना ४५ लाखका बनाएका छन् ।
१५ औं नगर सभा अधिवेशनले टीकापुर नगरपालिका विनियोजन ऐन २०८१ लाई पारित गरेको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *