टीकापुर नगरपालिकामा कोरोनामा अढाई करोड खर्च

शेयेर गर्नुहोस

समाधान समाचार
टीकापुर २४ साउन/
टीकापुर नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा अढाई करोडभन्दा बढी खर्च गरेको छ ।
नगरपालिकाले शुक्रबार पत्रार सम्मेलनको आयोजना गरी कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा भएको खर्चको विवरण सार्वजनिक गरेको हो । नगरपालिकाले २ करोड ७८ लाख ६६ हजार ४ रुपैयाँ १८ पैसा खर्च गरेको टीकापुर नगरपालिाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिएका छन् । नगरपालिकाको बिपत व्यवस्थापन कोषबाट क्वारेन्टाइनमा भौतिक संरचना निर्माण तथा खरिद खर्च १५ लाख १२ हजार ८ सय ७४, उपचारका लागि आइसोलेशन व्यवस्थापनमा १० लाख ४० हजार, बन्दाबन्दीलाई प्रभावकारी कार्यान्वयनका लागि जनचेतनामूलक सन्देशमूलक सूचना प्रवाहमा ७८ हजार ९ सय, सवारी साधनको इन्धन खर्च ९ लाख ५१ हजार ६ सय ४८, सवारी साधनको मर्मत सम्भार खर्च ५ लाख २ हजार ३ सय ९९, संक्रमण रोकथाम तथा विविध खर्च १ लाख ६७ हजार १ सय २२ रुपैयाँ खचर्ए भएको छ ।
त्यसैगरी, संक्रमण रोकथाम उपचार तथा क्वारेन्टाइन व्यवस्थामा १ करोड ३ लाख ४ हजार ८ सय ३८ रुपैयाँ, क्वारेन्टाइन व्यवस्थापन लगायतका कार्यमा संलग्न कर्मचारीहरुको बीमा ६३ हजार २० रुपैयाँ, जोखिम भत्ता, ३२ लाख ७८ हजार ५ सय ३३ रुपैयाँ १६ पैसा, प्रभावितहरुको ओसार–पसारमा प्रयोग भएको गाडी भाडा ६६ हजार, राहात वितरणमा ७९ लाख ३५ हजार ५ सय १० रुपैयाँ २ पैसा, भीटीएम, आरडीटी र कीट खरिदमा १२ लाख ३८ हजार ८ सय ७५ रुपैयाँ ।र स्वयम्सेवक परिचालनमा ७ लाख २६ हजार २ सय ८५ रुपैयाँ गरी २ करोड ७८ लाख ६६ हजार ४ रुपैयाँ १८ पैसा खर्च भएको नगर प्रमुख रावलले बताएका छन् ।
आम्दानीतर्फ, विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट ११ लाख २७ हजार ७ सय ७८ रुपैयाँ, नगरपालिकाका कर्मचारीहरुबाट ४ लाख ३५ हजार ३ सय ५८ रुपैयाँ, नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट ८ लाख ४ हजार ७ सय ६८ रुपैयाँ, टीकापुर नगर विकास समितिका कर्मचारीहरुबाट १३ हजार ८ सय ५६ रुपैयाँ ४० पैसा, संघीय सरकारबाट १४ लाख २० हजार १ सय, प्रदेश सरकारबाट ५३ लाख ४० हजार र नगरपालिकाबाट जम्मा २ करोड ३४ लाख २ हजार ६ सय ६२ रुपैयाँ गरी जम्मा ३ करोड २५ लाख ४४ हजार ५ सय २२ रुपैयाँ ४० पैसा रहेको बताइएको छ भने हाल बिपत व्यवस्थापन कोषमा ४६ लाख ७८ हजार ५ सय १८ रुपैयाँ २२ पैसा बचत रहेको नगर प्रमुख रावलले जानकारी दिएका छन् । नगरपालिकाले बन्दाबन्दीको समयमा ९ वटै वडामा ७ हजार २ सय १६ घरधुरीका ३१ हजार ३ सय ७० परिवारलाई राहात वितरण गरेको बताएको छ । जसमा चामल १ लाख ५८ हजार ८० केजी, दाल १५ हजार १ सय ४० केजी, नून ७ हजार ६० केजी, तेल १३ हजार १ सय ९९ लिटर, सोयाबिन ५ केजी र साबुन १४ हजार ९६ वटा वितरण गरिएको बताइएको छ ।
टीकापुर नरगपालिका वडा नं. १ मा ४ हजार ८ सय ६५, वडा नं. २ मा ६ सय ८६, वडा नं. ३ मा २ सय ३२, वडा नं. ४ मा २ सय १९, वडा नं. ५ मा ३ सय १८, वडा नं. ६ मा ३ सय ४५, वडा नं. ७ मा २ सय ३५, वडा नं. ८ मा १ सय ६३ र वडा नं. ९ मा १ सय ५३ घरधुरीले राहात पाएका छन् ।
नगरपालिकाले चामल १ हजार २ सय ५ क्विन्टल, दाल १ सय ३२ क्विन्टल ३५ केजी, तेल १० हजार ७ सय ८० लिटर, नून ४८ क्विन्टल ४५ केजी, साबुन ७ हजार २ सय ९० पिस गरी ७८ लाख ५४ हजार ३ सय ७५ रुपैयाँ र साबुन एकमुष्ट खरिदमा ८५ हजार ४ सय २८ रुपैयाँ खर्च भएको छ । नगरपालिकाले २०७६ चैत्र २४ गते १७ लाख १६ हजार ७ सय ४८ रुपैयाँ, २०७६ चैत्र ३० गते १९ लाख ९१ हजार १ सय ७ रुपैयाँ, २०७७ बैशाख १० गते १८ लाख ९५ हजार ३ सय, २०७७ बैशाख १४ गते १७ लाख ५३ हजार २ सय २० रुपैयाँ, २०७७ बैशाख १८ गते ४लाख ९८ हजार बराबरको खाद्यान्न सामाग्री खरिद गरेको छ ।
पत्रकार सम्मेलनमा नगर प्रमुख रावलले अन्य स्थानीय तहको भन्दा टीकापुर नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि कम खर्च गरेको दाबी गरेका छन् । उनले टीकापुर नगरपालिका अन्य स्थानीय तहभन्दा पूर्णरुपमा पारदर्शी रहेको समेत दाबी गरेका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *