टीकापुर प्रकृतिको वरदान हो : थारु

शेयेर गर्नुहोस

   
टीकापुर ३० माघ /
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले टीकापुर क्षेत्र प्रकृतिको वरदान भएको बताएका छन् ।
सप्तऋषि माद्यामिक बिधालय टीकापुरको २८ अाैं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले प्राकृतिक हिसाबले टीकापुर निकै सुन्दर रहेको अताउँदै टीकापुर प्रकृतिको वरदान भएको बताएका हुन । “टीकापुर आफैमा प्राकृतिको वरदान हो । यसलाई बनाउने वा बिगार्ने त्यो तपाई हाम्रो हातमा छ ।” उनले भने, “टीकापुरलाई रङ्गराेगन गर्न बाँकी छ, त्यो नगरपालिकाले सुरु गरिसकेको छ । जसमा नागरिकहरूको साथ र सहयोग पनि पाएका छौँ । अझै अपेक्षा गर्छौं ।” उनले नगरलाई गुलाफ सिटी अभियानको थालनी गरेको नताउँफै अभियानलाई सार्थक बनाउन साथ दिन आग्रह पनि गरे ।
   नगर प्रमुख थारुले टीकापुर देशकै योजनाको शहर भएको बताउँदै अबको केही वर्षपछि टीकापुरलाई खोज्दै आगन्तुकहरु आउने अपेक्षा समेत गरेका छन् । उनले शैक्षिक नगरी भनेर चिनिने टीकापुर अब गुलाफको सिटीको भनेर पनि चिन्ने बताए । “टीकापुरलाई गुलाफको ब्राण्ड बनाउनु पर्छ ।” उनले भने, “पहिले टीकापुर कहाँ पर्छ भन्नेहरुका लागि अब टीकापुर गुलाफले चिनाउनुपर्छ ।” निजी क्षेत्रका विद्यालयबाट सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तरको कुरा सिक्न जरुरी रहेको समेत बताएका छन् ।
   बिधालयको वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा अभिभावक भावना विष्ट र पुरन बहादुर चाैधरीलाई सम्मान गरेको छ । त्यस्तै विद्यालयले विद्यालयकी मन्टेशरी शिक्षिका विना कठरिया र सहायक प्रधानाध्यापक शेखर कोइरालालाई समेत सम्मान गरेको छ । विभिन्न साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरण भएको कार्यक्रममा नागरिक अगुवा तथा बिधालयका पुर्व सञ्चालक भिमराम चपाई, दामोदर पण्डित, आइएमई स्कुलका प्रीन्सिपल रमेश शाही, त्रिपथ विद्या निकेतनका प्रीन्सीपल मान बहादुर थापा, न्युलाइट एजुकेसन होमका प्रीन्सीपल जयकृष्ण तिमिल्सिना, टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढविन्द्र रावल, ब्रम कुमारी इश्वरी विश्व विद्यालयकी सीता दिदि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
    बिधालयका सञ्चालक समितिका अध्यक्ष जंग बहादुर चाैधरीको अध्यक्ष्ातामा भएको कार्यक्रमको स्वागत प्रधानाध्यापक लिखराम चाैधरीले गरेका थिए भने सञ्चालन शिवराम चाैलागाईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *