शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर ०७ पुस /
टीकापुर बहुमुखी क्याम्पमा यसै शैक्षिकसत्रदेखी कानुन संकायतर्फ (एलएल बी) को पढाइ सुरु हुने भएको छ ।
क्याम्पसले व्यवस्था, मानविकी, शिक्षा र कृषि संकायको पठनपाठन गर्दै आएकोमा यसवर्ष देखि कानुनको पढाई सुरु गर्न लागेको क्याम्पस प्रमुख केशरबहादुर कुँवरले बताएका छन् । उनका अनुसार प्रबिणता प्रमाणपत्र तह जुनसुकै विषयमा पास गरेको तर सबै विषयमा डि प्लस ल्याएकोले कानुनको अध्यन गर्न पाउनेछन् । क्याम्पसले ४८ जनालाई कानुनको अध्यनका लागि भर्ना आवेदन आव्हान गरिसकेको छ ।
