दास मृत्यु प्रकरण : प्रहरी कार्यालयमा धर्ना

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०७ पुस/
जानकी गाउँपालिका वडा नं. ९ को अमरावती सामुदायिक वनमा हत्या गरिएका अर्जुन दासक न्याय माग गर्दै मंगलबार ईलाका प्रहरी कार्यालय टीकापुरमा धर्ना दिएका छन् ।
सोमबार गठ्न भएको संघर्ष समिति र मृतकका आफन्तले न्यायको माग गर्दै ईलाका प्रहरी कार्यालय टीकापुरमा धर्ना दिएका हुन । उनीहरुले अपराधीहरुलाई आजिवन कारावासको सजाय, मृतकलाई सहिद घोषण, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, मृतकका बालबालिकालाई उच्च शिक्षाको ग्यारेन्टी, अमरावती सामुदायिक वनमा १० कट्ठा जग्गा छुट्याई सालिक निर्माण, पिडित परिवारलाई सुरक्षाको ग्यारेन्टी, जनप्रतिनिधि तथा प्रदेश सांसदले गरेको मौखिक प्रतिबद्धतालाई लिखित रुपमा प्रतिबद्धता गर्नुपर्ने लगाएतका माग गरिएको छ ।
संघर्ष समितिका संयोजक ललित परिवारले अन्य संघर्षका कार्यक्रम सार्वजनिक गरिएको बताएका छन् । उनका अनुसार पुस ७ गते (आज) ईलाका प्रहरी कार्यालय टीकापुरमा धर्ना कार्यक्रम, ८ गते जानकी गाउँपालिका भित्रका सरकारी कार्यालय बन्द, ९ गते पुर्व पश्चिम राजमार्ग अन्तर्गतको लम्कीचुहामा चक्का जाम लगाएतका कार्यक्रम सार्वजनिक गरिएको छ ।
संघर्ष समितिका संयोजक परियारले मृतक दासको शव हत्यामा संलग्न भएकाहरुलाई प्रहरीले सार्वजनिक नगरेसम्म टीकापुर अस्पतालबाट नउठाउने बताएका छन् । “प्रहरीलाई सहजताका लागि पोस्टमार्टमसम्म काममा हामिले सहमति दिने कुरा भएका छन् । तर, दोषीलाई सार्वजनिक नगरेसम्म हामी शव बुझ्ने छैनौं ।” परियारले भने, “पहिला प्रहरीले दोषीलाई कार्वाहीको दायरामा ल्याउनु पर्यो । त्यसपछि मात्रै हामी शव बुझ्छौं । परियारले गाउँमा भएका पछिल्ला घटनाले निकै त्रास फैलिएको बताउँदै स्थानीयमा मात्रै नभई अमरावती प्रहरीसमेत त्रासमा रहेको बताएका छन् ।
जानकी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष खकेन्द्र बहादुर भण्डारीले समाजमा अराजकता फैलाउन लागुऔषध नै मुख्य कारण भएको बताएका छन् । उनले लागुऔषध नियन्त्रण गर्न सकिएन भने समाजमा यस्ता आपराधिक घटनाहरु अझै विकराल बन्दै जाने भन्दै अभिभावकहरु सबैभन्दा पहिले सचेत बन्नुपर्ने बताएका छन् । उनले आपराधिक घटना घटाउनेको परिवार, आफन्त, नातागोता केही नहुने बताउँदै अपराध गर्ने ब्याक्ती सबैको नगरमा अपराधी नै हुने भएकोले अपराधीलाई उन्मुक्ति दिनु भनेको समाजलाई अझै त्यस्ता घटनाहरूसँग जोड्नु भन्दा अरु केही नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *