टीकापुर महोत्सवबाट ३९ लाख भन्दा बढी बचत

शेयेर गर्नुहोस


टीकापुर २३ माघ /
टीकापुर उद्योग वाणिज्य संघको आयोजना भएको सुदुरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवबाट ३९ लाख भन्दा बढी रकम बचत भएको छ ।
संघले पुस २७ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन गरेको टीकापुर महोत्सवले ३९ लाख २५ हजार चार सय ६ रुपैयाँ ८४ पैसा नाफा कमाउन सफल भएको हो । महोत्सवले एक करोड २२ लाख ५१ हजार ९ सय ९५ रुपैयाँ ८४ पैसाको कारोबार गरेको छ । सोमबार संघले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव संयोजक सन्तोष खड्काले महोत्सवको आयव्यय सार्वजनिक गरेका हुन ।
उनका अनुसार आम्दानी तर्फ टाइटल प्रायोजक मुख्य प्रायोजक, आयोजक, प्रायोजक तथा सह प्रायोजकबाट ६० हजार रुपैयाँ, अफिसियल बैंक, सहयोगी, स्टल र पार्किङबाट ११ लाख ७४ हजार ६ सय ५० रुपैयाँ, बालउद्धानबाट ८ लाख २५ हजार रुपैयाँ, ब्यानर, सिजनल टिकट, परिसर तथा नृत्यबाट ६ लाख ७४ हजार, टिकट बिक्रीबाट ६६ लाख ६९ हजार ६ सय ५० रुपैयाँ, उठ्न बाँकी आयोजक, प्रायोजक र ब्यानरबाटको २७ लाख ५० हजार र संघले दिनुपर्नेमा ८८ हजार ६ सय ९५ रुपैयाँ ८४ पैसा गरी एक करोड २२ लाख ५१ हजार ९ सय ९५ रुपैयाँ ८४ पैसा आम्दानी भएको छ ।
त्यसैगरी खर्चतर्फ मसलन्द छपाईमा ४८ हजार ९ सय ४२ रुपैयाँ, सञ्चार, बिज्ञापन, एफएम पत्रपत्रिका बिज्ञापनमा एक लाख ४० हजार ६ सय रुपैयाँ, टिकट बिक्री ज्याला, मनोरञ्जन करमा पाँच लाख ३४ हजार तीन सय ७२ रुपैयाँ, टेण्ट साउण्डमा ८ लाख २७ हजार दुई सय ७२ रुपैयाँ, यातायात, इन्धन, परिसर, मञ्च, श्रुङ्गार, प्रोत्साहन खाजा खर्च, ब्यानर, सुरक्षा, झाँकी, विद्युत, पानीमा ८ लाख ८१ हजार ५ सय ७३ रुपैयाँ, अतिथि भोजनमा चार लाख ९० हजार एक सय ३० रुपैयाँ, कलाकार पारिश्रमिकमा २१ लाख ७३ हजार रुपैयाँ, बाध्यबादन ज्याला, कृषि प्रदर्शनी, लेखा परिक्षण, दैनिक ज्याला, पुरस्कार, थारु गाउँ निर्माण, डकुमेन्ट्रीमा तीन लाख ५१ हजार ८ सय ७० रुपैयाँ, पेश्कीमा २४ लाख ३७ हजार तीन सय ६१ रुपैयाँ, दिनु हिसाबमा २५ लाख ९४ हजार चार सय ६९ रुपैयाँ र बचत ३९ लाख २५ हजार चार सय ६ रुपैयाँ ८४ पैसा गरी एक करोड २२ लाख ५१ हजार ९ सय ९५ रुपैयाँ ८४ पैसाको कारोबार देखाएको छ ।
पत्रकार सम्मेलनमा महोत्सव संयोजक खड्काले महोत्सवबाट बचत भएको रकम व्यवसायीहरुको हकहितमा खर्च गर्ने बताएका छन् । “बचत भएको पैसा सामाजिक क्षेत्रमा लगानी गर्ने भन्ने छलफल भएको छ । त्यसलाई टीकापुरका व्यवसायीहरुको हितमा हुने गरी खर्च गरिने छ ।” खड्काले भने, “त्यसमा अहिले नै ठ्याक्कै के गर्ने भन्ने निष्कर्षमा हामी पुगेका छैनौं । सबैसँग छलफल र सल्लाह लिएर निर्णयमा पुग्नेछौँ ।” उनले महोत्सव आर्थिकदेखि सबै कुरामा सफल भएको पनि बताएका छन् । “सञ्चालन गर्दा देखिएका कठिनाइले महोत्सव सफल हुँदैन कि भन्ने डर थियो । सबैको साथ सहयोग र सहकार्य हामी सफल भएका छौँ ।” खड्काले भने, “त्यतिमात्र नभई महोत्सव आयोजना गरेर हालसम्म सबैभन्दा बढी रकम बचाउन पनि सफल भयौं । त्यसमा हामीले गरेको खर्चको मितव्यायीता पनि हो ।”
संघका अध्यक्ष चक्रपाणी सापकोटाले महोत्सव सञ्चालनको लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका छन् । उनले संघका पदाधिकारीको लगनशीलता र बाहिरको सहयोगले महोत्सवलाई सभ्य र भब्य रुपमा सफल बनाउन सकिएको बताए । अध्यक्ष सापकोटाले आगामी दिनमा पनि संघले सबैबाट यस्तै सहयोगको अपेक्षा पनि गरेको बताएका छन् । पत्रकार सम्मेलनको सञ्चालन महासचिव नवराज रिमालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *