टीकापुर महोत्सव पुस २९ गतेबाट

शेयेर गर्नुहोस

टीकापुर ०९ मंसिर /
टीकापुर उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सव पुस २९ गतेबाट सुरु हुन भएको छ ।
सुदुरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव संघले पुस २९ गतेदेखि माघ ११ गतेसम्म सञ्चालन गर्ने भएको हो । सोमबार संघका अध्यक्ष सन्तोष खड्काले पत्रकार सम्मेलन मार्फत महोत्सवको मिति सार्वजनिक गरेका छन् । उनका अनुसार महोत्सवको आन्तरिक तयारी थालिएको छ ।
टीकापुरका विकासका एजेण्डालाई बोकेर २०६५ सालदेखि हुँदै आएको टीकापुर महोत्सवले यसवर्ष पनि त्यसैअनुसार अगाडि बढ्ने जनाएको छ । खासगरी संघले यसवर्ष संघको अधुरो सभा हल निर्माणलाई सुरु गर्न महोत्सवको आम्दानीलाई प्रयोग गर्ने योजना बनाएको छ । “हामीले संघको निर्वाचनमा पनि भनेका थियौँ । सभा हलको काम अगाडि बढाउँछौ भनेर ।” अध्यक्ष खड्काले भने, “कम्तिमा छत ढलानसम्मको काम भएपनि यसवर्ष हामी गर्छौं ।”
महोत्सवमा विगत झै कृषि प्रदर्शनी, बिज्ञान प्रदर्शनी, रमाइलो मेला, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुत रहने छन् । महोत्सवमा दुई सय ५० व्यापारिक स्टल रहने अध्यक्ष खड्काले बताएका छन् । उनले यसवर्ष १० लाखले महोत्सव अवलोकन गर्ने र झण्डै साढे तीन करोडको आर्थिक कारोबार महोत्सवमा हुने विश्वास गरेका छन् । उनले स्थानीय व्यापारीहरुलाई महोत्सवमा २५ प्रतिशत छुटमा स्टल उपलब्ध गराइने बताए । महोत्सवले टीकापुरको आर्थिक गतिविधिलाई बढाउने विश्वास संघको छ ।
महोत्सव तयारीका लागि संघले विभिन्न उपसमिति समेत बनाएको छ । संघका महासचिव प्रकाश तिमिल्सेनाले पत्रकार सम्मेलनको सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *