टीटीसिद्वारा रक्तदान कार्यक्रम

शेयेर गर्नुहोस


टीकापुर ०८ जेठ /
टीकापुर ट्युसन सेन्टर टीकापुरले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
शैक्षिक क्षेत्रमा एक दशक भन्दा लामो समयदेखि काम गर्दै आएको सेन्टरले टीकापुरमा रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेको सेन्टरका प्रबन्ध निर्देशक सुरेश कठरियाले जानकारी दिएका छन् । “शैक्षिक क्षेत्रमा सकेसम्म काम गरिरहेका छौँ । वैदेशिक रोजगारीको क्षेत्रमा सुदुरपश्चिममै उत्कृष्ट दक्ष जनशक्ति उत्पादन गर्दै पनि आएका छौँ ।” उनले भने, “समाजसँग जोडिएर पनि केही काम गर्नुपर्छ भन्ने भावनाका साथ समयसमयमा यस्ता सामाजिक क्षेत्रसँग जोडिएका काम गर्दै आएका छौँ ।”
प्रबन्ध निर्देशक कठरियाको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि र लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारीका लागि भरपर्दो ईन्स्टिच्युट भएको बताएका छन् । उनले सामाजिक क्षेत्रमा आगामी दिनमा पनि सक्रिय रहन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *