टेकबहादुर स्मृति केन्द्रको साधारणसभा

शेयेर गर्नुहोस


लक्ष्मण विक, टीकापुर ०७ कार्तिक /
टेकबहादुर साउँद स्मृति केन्द्रको छैठौं वार्षिक तथा तेस्रो चुनावी शनिबार सम्पन्न भएको छ ।
स्मृति केन्द्रका अध्यक्ष जंगबहादुर साउँदको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री मना कुमारी साउँदले कुनै कुराको परिवर्तनका लागि सरकारले मात्रै गरेर केही नहुने बताउँदै सबैको समन्वय र सहकार्यले परिवर्तनका लागि समय नलाग्ने बताएकी छन् । “टीकापुरसँग सबै कुराको सम्भावना छ । त्यो सम्भावनालाई पहिचान गरि अगाडि बढ्न सकेको अवस्थामा टीकापुरको विकासले गति लिन समय लाग्ने छैन ।” राज्यमन्त्री साउँदले भनिन्, “त्यसका लागि एकता सबैभन्दा महत्त्वपूर्ण हुन्छ । आफ्ना सिमित स्वार्थलाई त्यागेर सामुहिक रुपमा काम गर्न सकेको अवस्थामा टीकापुरको विकासका लागि धेरै कुर्नुपर्ने कुनै ठाउँ नै छैन ।”
उनले अहिलेको प्राकृतिक प्रकोपका कारण हजारौं नागरिकहरु विस्थापित हुनुको साथै लाखौंमा भोकमरीको समस्या देखिन सक्ने भन्दै त्यसका लागि तिनै तहका सरकारले सामुहिक योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको बताएकी छन् । राज्यमन्त्री साउँदले प्राकृतिक विपत्तिहरुको सामना गर्नसक्ने क्षमताको आम नागरिकहरूले विकास गर्नुपर्ने बताउँदै प्रदेश सरकारले पिडित परिवारलाई विशेष राहत प्याकेज ल्याइएको र अझै दीर्घकालीन रुपमा पनि राहतको कार्यक्रमलाई निरन्तरता दिने बताएकी छन् ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, सामाजिक अगुवाहरुले शुभकामना मन्तव्य राखेका थिए । स्मृति केन्द्रका उपाध्यक्ष गणेश प्रसाद ओझाले सञ्चालन गरेको कार्यक्रमको सहसचीव तेजबहादुर बोहराले गरेका थिए । स्मृति केन्द्रको तेस्रो चुनावी साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
जसमा अध्यक्ष जंगबहादुर साउँद, उपाध्यक्ष गणेश प्रसाद ओझा, सचीव बिरबहादुर चौधरी, सहसचिव गंगा बिष्ट, कोषाध्यक्ष दीपा बुढा साउँद रहेका छन् भने, सदस्यमा दिपेन्द्र बहादुर शाही, खेमबहादुर बम, कल्पना बिष्ट, कमला थापा, नन्दकला तिमिल्सिना र गौरीशंकर उपाध्याय चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *