डा. बाबुराम भट्टराई टीकापुर आउदै

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ०६ माघ /
जनता समाजवादी पार्टी कैलाली क्षेत्र नं. १ को आयोजनामा हुने बृहत बिरोध सभा सम्बोधनका लागि जनता समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भोलि बुधबार टीकापुर आउने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन र २०७२ भाद्र ७ र ८ गते भएको टीकापुर घटनाका राजबन्दीहरुविरुद्ध उच्च अदालत दिपायलले गरेको फैसलाको बिरुद्धमा आयोजना गरिएको बिरोध सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराई टीकापुर आउने भएका हु्न् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार चौधरीले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै मध्यान्ह १२ बजेदेखि कार्यक्रम सुरु गरिने मंगलबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका छन् ।
उनले केही उत्पीडित वर्गहरुको हक, अधिकारका लागि संविधान संशोधनको माग गरिरहँदा प्रधानमन्त्री ओलीले संसद विघटन गरी देशलाई अस्थिरततार्फ लैजाने काम गरेको बताएका छन् । उनले लोकतान्त्रिक गणतन्त्रका पक्षधर हौं भन्दै गर्जिने ओलीले नै संविधानको अपमान गरेको आरोप लगाएका छन् ।
‘पार्टीभित्रको आन्तरिक कलहका कारण हचुवाको तालमा प्रधानमन्त्री ओलीले संसद विघटन गरे । अब बुढी म¥यो भन्दा पनि काल पल्किन्छ कि ? भन्ने डर ठूलो छ ।’ चौधरीले भने, ‘कोरोनाका कारण चौपट भएको अर्थतन्त्र चुनाव भएको अवस्थामा झन् अरबौं खर्च हुने हुँदा देशलाई भड्खालोमा हाल काम मात्र भएको छ ।’
उनले टीकापुर घटनाको प्रतिवेदन लुकाएर निर्दोषलाई जेलबन्दी गर्ने सरकारविरुद्ध कडा रुपमा उत्रने चेतावनी समेत दिएका छन् । उनले अदालत पनि कतै शक्तिको दवावमा छ कि ? भन्ने आभाष भइरहेको बताउँदै उच्च अदालतको फैसला पनि पूर्वाग्रही भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *