तीन दिने तालिम सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर १८ फागुन/
भजनी नगरपालिकाको आयोजनामा कोमोमिस सफ्टवेयर सञ्चालन तथा कार्यान्वयन सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ ।
नगरपालिकाको आर्थिक विकासले आइतबारदेखि सुरु भएको उक्त तालिममा सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापक,र संस्थाका कर्मचारीको सहभागिता रहेको थियो । भजनी नगरप्रमुख केवल चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नोखि राम ओली,प्रशासन प्रमुख चन्द्र देव भट्ट लगायतको सहभागिता रहेको हो । उक्त तालिममा सहकारी संघ, संस्थाहरुको वर्गीकरण लगाएत सहकारी क्षेत्रमा सञ्चालन गर्न सकिने सम्भाव्य उद्योग , व्यवसायका लागि कार्यक्रम, योजना, आयोजना र बजेट अनुमान, पूँजी परिचालन, वित्तीय र गैरवित्तीय कारोबार, मूल्यांकन, सरकारी तथा गैरसरकारी निकाय बीच सहकार्य, सहकारी दर्ता, अभिलेख र गरिबी सम्बन्धी सूचना तथ्यांकको सेवा छिटो छरितो रुपमा गर्न सक्ने विषयबस्तुमा रहेर तालिम सञ्चालन गरिएको थियो।
कार्यक्रमको सहजीकरण आर्थिक विकास शाखा प्रमुख विष्णु राज न्यौपानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *