शेयेर गर्नुहोस
टीकापुर ०६ जेठ /
सुदूरपश्चिम प्रदेश सरकार गठन भएको तिन महिनापछि विस्तार भएको छ ।
प्रदेश सभाको शनिबार बसेको बैठकले सामाजिक, वन तथा पर्यटन र आर्थिक मामिला तथा कानुन मन्त्रलयमा मन्त्री नियुक्त भएका छन् । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपटबहादुर साउँद माओवादी केन्द्रको तर्फबाट मन्त्रीमा सपथ लिएका हुन भने नेपाली काँग्रेसबाट आन्तरिक मामिला तथा कानून मन्त्रीमा पृथ्वीबहादुर सिंहले सपथ लिएका हुन्।
उद्योय पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा माओवादी केन्द्रकी गीतादेवी मालले शपथ लिएकी छन् । तीन मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका हुन भने राज्यमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ खुवाएका छन्। बहालबाला मन्त्रीको रुपमा सुदूरपश्चिम प्रदेशको मन्त्रालय महिला विहिन बनेको छ ।
शाशले आफू मुख्यमन्त्री भएको भोलिपल्टै २७ माघमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा काँग्रेसका प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश बहादुर शाहीलाई नियुक्त गरेका थिए । सुदूरपश्चिम प्रदेशमा सात वटा मन्त्रालय छन् । जस मध्ये ६ वटा मन्त्रालय पूर्णता पाइएको छ भने भुमि कृषि तथा सहकारी मन्त्रलाय नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी र रामेश्वर चौधरी मध्ये एक जना मन्त्री बन्ने छन् । उन्मुक्ति पार्टीले भने नाम टुंगो लागाउन सकेको छैन ।