शेयेर गर्नुहोस
टीकापुर २० फागुन /
एकीकृत अखिल नेपाल शिक्षक संगठन जानकी गाउँपालिकाको तेस्रो परिषद सम्पन्न भएको छ ।
परिषदका पालिका अध्यक्ष नरेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तिलक परियार प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य मोहन भण्डारी, माओवादी केन्द्र जानकी गाउँपालिका उपाध्यक्ष कृष्ण सोडारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सुदुरपश्चिम प्रदेश सदस्य धर्मराज न्यौपाने, अखिल नेपाल बिधालय कर्मचारी संगठनका केन्द्रिय महासचिव बीरेन्द्र खड्का, एकीकृत अखिल नेपाल शिक्षक संगठन जानकी गाउँपालिकाका सल्लाहकार मीना शाही लगायतको कार्यक्रममा सहभागिता रहेको थियो
सोही परिषदले अतवारी चौधरीको अध्यक्षतामा सात सदस्यीय नयाँ समिती समेत चयन गरेको छ । जसको उपाध्यक्षमा फुलिराम चाैधरी सचिव कल्पना भण्डारी, कोषाध्यक्ष वसन्ती चौधरी रहेका छन् । त्यस्तै सदस्यमा हरिप्रसाद चौधरी, निर्मला चाैधरी, लक्षिराम चाैधरी रहेका छन् । खगेन्द्र ओझाले सञ्चालन गरेको कार्यक्रमको स्वागत मंगला थापा रावलले गरेकी थिइन् ।