त्रिनिटी स्कुल यसवर्षबाट सञ्चालनमा

शेयेर गर्नुहोस


टीकापुर ०७ वैशाख /
कोरोनाका कारण भएको लकडाउनले बन्द भएको टीकापुर स्थित त्रिनिटी बोर्डिङ स्कुल यस शैक्षिकसत्रबाट सञ्चालनमा आउने भएको छ ।
टीकापुरको शैक्षिक क्षेत्रमा स्थापित स्कुल कोरोनाका कारण लकडाउन हुँदा बन्द भएको थियो । यस शैक्षिकसत्रबाट स्कुलको पुरानो संचालक समिती र जिआर ग्रुपले संयुक्तरूपमा स्कुल सञ्चालनमा ल्याउने भएका हुन । त्यसैअनुरूप बिद्यार्थी भर्ना देखि अन्य कामहरू भरहेको जिआर ग्रुपका अध्यक्ष गोविन्द बजगाईले जानकारी दिएका छन् । उनका अनुसार स्कुलको मर्मतसम्भार देखि सबै कामहरू पूरा भैसकेका छन् । जनशक्ति व्यवस्थापनको काम भैसकेको छ । स्कुलमा केहि पुरानै शिक्षकहरु शिक्षणका लागि आउने भएका छन् ।
“अहिले पिजि देखि ९ कक्षासम्म बिद्यार्थी भर्ना लिएका छौँ । यसै शैक्षिकसत्रबाट टेक्निकल तर्फ डिप्लोमा तह सञ्चालनका लागि अनुमतिको प्रक्रिया अगाडि बढाइसकेका छौँ ।” उनले भने, “सम्भवत ल्याब टेक्निकल, फार्मेसी र रेडियोलोजिस्टको पढाइ सुरु गर्ने तयारी गरेका छौँ ।” अध्यक्ष बजगाईले प्राविधिक ज्ञानलाई विशेष जोड दिँदै उत्पादन भएको जनशक्तिलाई रोजगारीको सिर्जना गर्ने काम पनि कम्पनीले गर्ने बताएका छन् । उनले केही वर्षमा स्टाफ नर्सको अध्यापन आफुहरुले सुरु गर्ने बताए ।
शिक्षा, स्वास्थ्य, कृषि, वित्तीय र उद्योग क्षेत्रमा काम गर्दै आएको जिआर ग्रुपले टीकापुरमा दुई क्षेत्रमा काम सुरु गरेको छ । कम्पनीले एएमबी ग्रुपसँगको साझेदारीमा उद्योग सञ्चालनमा ल्याएको छ । कैलाली सहित काठमाडौं र कास्की जिल्लामा समेत काम गर्दै आएको ग्रुपले अन्य कम्पनीसँग साझेदारी गर्दै काम गर्ने काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *