त्रिपथको १५ औं वार्षिकोत्सव सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर १७ फागुन/
त्रिपथ विद्या निकेतन टीकापुरको १५ औं वार्षिकोत्सव तथा दोस्रो अभिभावक दिवस कार्यक्रम शुक्रबार सम्पन्न भएको छन् ।
बिधालय सञ्चालक समिती अध्यक्ष हिक्मत विष्टको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा युवा खेलकुद उपशाखा प्रमुख तथा शिक्षा अधिकृत नरेश अवस्थीले शैक्षिक क्षेत्रको विकासका लागि सामुदायिक तथा संस्थागत बिधालयलाई सँगसँगै अगाडि बढेको बताएका छन् । उनले संस्थागत बिधालयको शैक्षिक गुणस्तर राम्रो रहेको बताएका छन् ।
कार्यक्रममा बिधालयका प्रीन्सिपल मानबहादुर थापाले शुन्यबाट सुरु गरेको बिधालयलाई अभिभावकको मायाले दुई वर्षमै टीकापुरमा स्थापित गर्न सफल भइएको बताएका छन् । उनले बिधालय स्थापना भएको १५ वर्ष भए पनि आफुहरुले सञ्चालन गरेको दुई वर्ष मात्रै पूरा भएको बताएका छन् । “शून्य विद्यार्थी हुँदा सुरु गरेको बिधालयमा आज झण्डै ६ सयजना बिद्यार्थी पुगेका छन् । यो अभिभावकले हामी प्रती गरेको विश्वास हो ।” उनले भने, “यो विश्वासलाई कायम राख्दै बालबालिकालाई गुणस्तरीय शिक्षा दिने कुरामा हामीले कुनै कमि गर्ने छैनौं ।”
अभिभावकहरुको विश्वास र बिधालय सञ्चालक समिती अनि शिक्षकहरुको प्रयासले खडेरी परेको त्रिपथलाई हरियाली बनाउने प्रयास भैरहेको प्रीन्सिपल थापाको भनाई छ । कक्षा ८ सम्म अध्यापन गराउँदै आएको बिधालयलाई क्रमश ९ र १० सम्म सञ्चालनको प्रक्रिया अगाडि बढाइएको थापाले बताएका छन् । थापाले वार्षिकोत्सव कार्यक्रमलाई बिद्यार्थीहरुले उत्सवको रुपमा मनाउने वातावरण बनाइने र सबै कार्यक्रमको जिम्मेवारी पनि आगामी दिनमा बिद्यार्थीहरुलाई दिइने बताए ।
कार्यक्रम समाजसेवी भुवनेश्व अधिकारी प्याब्सन सुदुरपश्चिम प्रदेशका निवर्तमान सल्लाहकार रंग प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो कार्यक्रमको सञ्चालन बिधालयका शिक्षक हिरेण्डे प्रसाद मुडभरी र विनिता साउँदले गरेका थिए । कार्यक्रमको स्वागत विद्यार्थी जयन्ती विष्टले गरेकी थिइन । सोही अवसरमा बिद्यार्थीहरुले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विभिन्न बिद्यामा सफल भएका बिद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *