शेयेर गर्नुहोस
टीकापुर ०८ वैशाख /
सामुदायिक विपद जोखिम न्यूनीकरण परियोजना अपांगतामैत्री आपतकालीन कार्यसंचालन केन्द्र र बहुउद्देश्यीय समावेशी सुरक्षित अाश्रयस्थल भवन हस्तान्तरण हस्तान्तरण गरिएको छ ।
परराष्ट्र मन्त्रालय जापान र वर्ल्ड भिजन जापानको आर्थिक सहयोग, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) को साझेदारीमा संचालित समुदायमा आधारित विपद् जोखीम न्यूनीकरण परियोजना मार्फत टीकापुर नगरपालिकासँगको समन्वय र सहकार्यमा निर्माण भएको भवन एक कार्यक्रमका बीच टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको हो । सामाजिक विकास लागि सचेत समाजकी अध्यक्ष मिना ओझाको अध्यक्ष्ातामा भएको कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले टीकापुर नगरपालिका बाढी र डुवानको उच्च जोखिम रहेको पालिका भएको बताएका छन् ।
विशेषगरी वडा नं. ५, ७, ८ ले धेरै जोखिम खेप्नु परेको नगर प्रमुख थारुले बताएका छन् । “प्रकोपलाई रोक्न सकिदैन तर रोकथाम गर्न सकिन्छ ।” उनले भने, “त्यसको न्यूनीकरणका लागि नगरपालिका र गैरसरकारी संघसंस्थाको समन्वय र सहकार्य हुँदै आएको छ ।” आगामी दिनमा पनि सरकार र गैरसरकारी संघसंस्थाको समन्वय र सहकार्य निरन्तर हुने विश्वास नगर प्रमुख थारुको छ ।
कार्यक्रममा वल्ड भिजन ईन्टरनेसनल नेपाल पश्चिम फिल्ड कार्यालयका सिबिडिआरआर परियोजनाका डिआरआर विशेषज्ञ लोकेन्द्र भट्टले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने कार्यक्रममा वल्ड भिजन जापान प्रतिनिधि तथा सिबिडिआरआर परियोजना म्यानेजर नावमी काटो, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल पश्चिम फिल्ड कार्यालय धनगढीका फिल्ड अपरेसन म्यानेजर चेतराज भट्टराई लगाततले शुभकामना मन्तव्य राखेका थिए ।
टीकापुर नगरपालिका स्वास्थ्य शाखाका कमल बहादुर रावलले संचालन गरेको कार्यक्रमको स्वागत वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक बलीराम चाैधरीले गरेका थिए ।