नमुनाको १९ औं वार्षिक साधारण सभा

शेयेर गर्नुहोस


लक्ष्मण विक, टीकापुर २४ पुस/
   नमुना कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ अाैं  वार्षिक साधारण सभा तथा ७ अाैं  चुनावी साधारण सभा बिहीबार सम्पन्न भएको छ ।
   सहकारी संस्थाका अध्यक्ष जितबहादुर चाैधरीको अध्यक्ष्ातामा भएको कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले कुनै पनि सहकारी संस्थाको सर्वोत्वम अंग भनेकै साधारण सभा हुनेको बताएका छन् । उनले सहकारीमा सहकारीले वर्षभरि के कति प्रगति गल्ती गरेको छ त्यसको प्रगतिलाई प्रोत्साहन गर्ने र गल्तीलाई खबरदारी गर्ने समय भनेको साधारण सभा कार्यक्रम रहेको बताए । “नेपाललाई कृषि प्रधान देश भनेर चिन्ने गरिन्छ तर कृषि प्रधान देश नाममा मात्र भनेर हुदैन त्यसका लागि कृषिमा काम र लगानी गर्न जरुरी छ ।” उनले भने ।
   कार्यक्रममा वडा अध्यक्ष मोहन विकले सहकारीले वडा नं. १ देखि वडा नं. ९ का सम्मका किसानहरुलाई समेटेकोमा धन्यवाद दिँदै सहकारीलाई नाफा मुलक बनाउन सहकारीले मलखाद, बीउ विक्री वितरणलाई मात्र जोड नदिई बचत तथा ऋणमा जोडीन आग्रह गरेका छन् । ।
   कार्यक्रममा किसानका तर्फबाट बोल्दै रामकृष्ण चाैधरीले किसानहरु मर्कामा परेको बताउँदै किसानले खरिद गर्ने मलखादका विषयमा किसानले चर्को मुल्यमा खरिद गर्नु परेको बताएका छन् । उनले राज्यले किसानले उत्पादन गरेका उत्पादित खाद्यान्न वस्तु लगायत सागतरकारिको सही बजारीकरण गर्न अनुरोध गर्दै किसानका उत्पादित वस्तुको सहि मूल्य निर्धारण गर्न समेत आग्रह गरेका छन् ।
सहकारीले कार्यक्रममा बीउ उत्पादक कृषक कासी प्रसाद डगैरा थारु सीता देवी चाैधरीलाई सम्मान समेत गरेको थियो । शेयर सदस्य बलबहादुर रावललगायतले बोल्नु भएको कार्यक्रमको स्वागत उपाध्यक्ष जोखन लाल चाैधरीले गरेका थिए भने सञ्चालन सचिव विश्वराज चाैधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *