नवनिर्माणको सातौ वार्षिक साधारणसभा

शेयेर गर्नुहोस


लक्ष्मण बिक ,
टीकापुर १२ पौष
/नवनिर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष भगवती दास चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सांसद रणबहादुर रावल रहेका थिए भने बिशिस्ट अतिथी टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्य रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले सहकारीको मेरु दन्ड भनेको शेयर सदस्य र बचतकर्ता हुन यदि शेयर सदस्य र बचतकर्ता असल भए सहकारीले आफै गगन चुम्न सक्ने बताएका छ्न । उनले सहकारी चल्ने भनेकै शेयर सदस्य र असल बचतकर्ता रहेको समेत बताएका छन् । पछिल्लो समय सहकारीहरुले समुदायमा रहेका युवाहरुलाइ रोजगारी सिर्जना मात्र नभइ समुदायमा रहेका न्यून स्तरका वर्गहरुमा ठूलो टेवा पु¥याइ रहेको बताएका छन् । अहिले देश भर करिब ३५ हजार सहकारी रहेको जानकारी गराउदै कति पए सहकारी सहकारीकै नाममा मात्रै सिमित रहेको बताएका छन् ।
प्रमुख अतिथी रावलले अहिले राष्ट्र निर्माण सहकारीले ठूलो टेवा पुर्याको समेत बताएका छन् । उनले कैलाली क्षेत्रमा कैलालीको कुल जनसंख्यामा करिब २ लाख ५४ हजार जनसंख्या गरिबीको रेखा मुनि रहेको बताउँदै ती गरिबीको रेखा मुनि रहेका जनसंख्यालाई सहकारी संस्थाले माथी उठाउन सहयोग गर्न सक्ने बताएका छ्न । रावले यदि सहकारीको भावना राम्रो बनाउन सके गरिबीको रेखामुनि रहेका जनसंख्यालाई सहकारीको माध्यमबाट थोरै भए पनि कम गर्न सकिने समेत बताएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि आचार्यले सहकारीको अर्थ सहकार्य गर्नु बताएका छन् । उनले पछिल्लो समय सहकारीले आफ्नो मुनाफालाई मात्र नभइ समुदायमा रहेका निम्न स्तरका वर्गलाई ठूलो सहयोग गरेको बताएका छन् । टीकापुर सहकारी संस्था धेरै भइरहँदा कतिपय सहकारीले मलखाद बिक्रीका नाममा सिफारिस लिई उक्त मलखाध किसानसामु नबेची अन्यत्र बेच्दै गरेको समेत बताएका छन् ।
कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यस्थापक छबिलाल जैशीले टीकापुरमा ७७ वटा सहकारी रहेको र त्यसमा ७५ वटा सहकारी मात्र संचालन रहेको बताएका छन । उनले सहकारी संस्थाहरुलाई सहकारी एनले बचत तथा ऋण सहकारी संस्थालाई पल्सको मापदण्डबाट हेर्ने गरेको बताएका छन् । जैशी सहकारी संस्थामा एकताबद्द भए सहकारी आफै सफल हुनेमा जोड दिएका छन् । उनले सहकारी क्षेत्रमा सबै सहकारीले राम्रो काम गरे टीकापुरमा सहकारीको राम्रो सम्भावना रहेको बताएका छन् ।
सहकारी संस्थाका उपाध्यक्ष झनकराज ओझले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका कार्यकारी प्रमुख कमलेशजी बोहराले गरेका थिए । सोही अवसरमा सान्तोना बजार प्रतिनिधि पवित्रा जैशी, असल बजार प्रतिनिधि जानकीदेवी कठायत, असल बचतकर्ता विरेन्द्र रावल, असल ऋणी विनाधितो भद्रा रोक्क क्षेत्री र असल ऋणी धितोमा चन्द्रादेवी रोकायालाइ पुरस्कृत समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *