नव निर्माणको आठौं वार्षिक साधारणसभा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०५ मंसिर /
नव निर्माण बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भगवतीदास चौधरीको अध्यक्षतामा भएको वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै टीकापुर बहुमुखी क्याम्पसका सह प्राध्यापक सीताराम रिमालले देशमा हाल ३० हजारभन्दा बढी सहकारीहरु सञ्चालनमा रहेको बताउँदै देशको कुल ग्राह्स्थको ४ प्रतिशत सहकारीले ओगटेको बताएका छन् । उनले आर्थिक समृद्धिका लागि सहकारीको भुमिका महत्त्वपूर्ण रहेको समेत बताएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि कुमारी बैंक टीकापुर शाखाका प्रमुख सुशील ओझा रहेका थिए ।
सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा सयर पुजि १ करोड, २० लाख, ७८ हजार, ९ सय रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षसम्म सहकारीले ३ करोड, ८९ लाख, ८४ हजार, ७ सय, २२ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले निक्षेप संकलनमा २ करोड,३१ लाख,२७ हजार,९ सय, ८२ रुपैयाँ प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीले पाँच प्रकारका बचत खाता सञ्चालनमा रहेको संस्थाका कार्यकारिणी प्रमुख कम्लेश जी बोहराले बताएका छन् । संस्थाको आर्थिक वर्ष २०७७/०७८ मा कुलनाफा ३० लाख, १६ हजार, ८ सय, २० रुपैयाँ, ३१ पैसा रहेको छ । संस्थाले कोरोनाको दोस्रो संक्रमणको चरणमा टीकापुर अस्पताललाई ३२ हजार ५ सय बराबर अक्सिजन सिलिन्डर प्रदान गर्नुका साथै संस्थाको आर्थिक वर्ष २०७७/०७८ सम्ममा संस्थागत उत्तरदायित्व खातामा १ लाख, १४ हजार, ४ सय, ६८ रुपैयाँ जम्मा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारीको आठौं वार्षिक साधारणसभाले असल बचतकर्ता एलिशा भट्टराई, असल ऋणीम बिना धितो रामदयाल चौधरी र धितोमा पदमा शाहलाई सम्मान गरेको छ । त्यसैगरी असल बजार प्रतिनिधिमा जानकी देवी कठायत, सहानुभूति पुरस्कारले पवित्रा जोशी, शोभा रावल, सीतादेवी रावल र पार्वती कठायत सम्मानित भएका छन् ।
कार्यक्रमको सञ्चालन उपाध्यक्ष झनकराज ओझाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *