नोबेलको १३ औं साधारणसभा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०५ मंसिर /
नोबेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ अाैं वार्षिक साधारण सभा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष लालसिंह टमट्टाको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले बोल्दै पटीकापुर क्षेत्रका लागि सहकारी गाैरवकाे विषय रहेको बताउँदै सहकारीले नगरका नगरिकहरुलाई आर्थिक रुपमा सबल बनाउने काम गरेको बताएका छन् । उनले टीकापुर नगरपालिका भित्र ७४ सहकारी रहेको बताउँदै सहकारीलाई संचालन गर्न स्थानीय सरकारले ऐन बनाइसकेको बताएका छन् । उनले नगरपालिकाले सहकारीका लागि थुप्रै कार्यक्रमहरु आयोजना गरेको बताउदै जसमध्ये “हाम्रो सहकारी, राम्रो सहकारी” एक रहेको बताए ।
कार्यक्रममा विशिष्ट टीकापुर नगरपालिका सहकारी शाखा प्रमुख नन्द के.सि.ले नगरपालिकाबाट संचालित सहकारी सम्बन्धि थुप्रै कार्यक्रम मध्य “हाम्रो सहकारी, राम्रो सहकारी” कार्यक्रमको पहिलो वर्ष रहेको बताउँदै छिट्टै उक्त कार्यक्रम संचालन गर्न नसकिने बताएका छन् । उनले टीकापुर क्षेत्र भित्र संचालित बचत सहकारी कृषि सहकारी लगायत अन्य सहकारी मध्य वर्षमा ५ वटा सहकारी छनोट गरि ती सहकारीहरुलाई विशेष तालिम दिने भन्दै साथै पहिले सहकारी सम्बन्धि धनगढीबाट पाउने जानकारी अब नगरपालिकाबाटै पाउन सकिने बताएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै जन कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक छविलाल जैशीले विगतका दिनमा सहकारीको नामबाट डराउने टीकापुर पछिल्लो समय नगरबासीमा सहकारीको क्रेज बढ्दो क्रममा रहेको बताएका छन् ।
त्यस्तै सहकारीले वार्षिकोत्सबको अवसरमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने ८ जनालाई सम्मान गरेको छ । जस्मा स्वस्थ्य क्षेत्रमा सहयोग गर्ने टीकापुर अस्पतालमा कार्यरत तेजबहादुर चाैधरी, सफल व्यवसायी अमृता विश्वकर्मा, सावित्री बुढा, चैनमती चाैधरी , रामु डगाैरा थारु, उत्कृष्ट कारोबारीमा फिरुलाल चाैधरी र बेलादेवी चाैधरी र उत्कृष्ट बजार प्रतिनिधि पवित्रा चाैधरीलाई सम्मान गरेक थियो ।
सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ सम्मको ४ करोड, ७१ लाख, ३८ हजार, ६ सय, ७३ रुपैयाँ, ६० पैसा बराबरको आर्थिक आयव्यय प्रस्तुत गरिएको थियो । संस्थाले ७ लाख, ३० हजार, १ सय, ७९ रुपैयाँ, ८५ पैसा खुद नाफा कमाएको छ । संस्थाका उपाध्यक्ष जितबहादुर आउजीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव नारायण विश्वकर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *