शेयेर गर्नुहोस
टीकापुर २४ मंसिर /
नव निर्माण बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष भगवती दास चौधरीको अध्यक्षतामा भएको साधारण सभा कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय धनगढीका प्रमुख कृष्ण रावल रहेका थिए भने विशिस्ट अतिथि टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विक रहेका थिए ।
सहकारी संस्थाले गत आर्थिक वर्षमा ११ लाख ५१ हजार ५ सय ३४ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । तीन सय ९८ जना सेयर सदस्य रहेको सहकारी संस्थामा एक करोड ३१ लाख २० हजार ६ सय रुपैयाँ सेयर पुँजी रहेको छ । सहकारी संस्थाले गत आर्थिक वर्षमा ४ करोड ३६ लाख २४ हजार दुई सय ६६ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत भएको छ भने चालू आर्थिक वर्षमा ४ करोड ५० लाख ९० हजार एक सय ३१ रुपैयाँ बराबरको अनुमानित आयव्यय प्रस्तुत गरिएको छ ।
साधारण सभा कार्यक्रमको सञ्चालन सहकारीका प्रबन्धक कमलेश जी बोहराले गरेका थिए भने स्वागत झनकराज ओझाले गरेका थिए म