नाइलको १३ औं वार्षिकोत्सव

शेयेर गर्नुहोस


टीकापुर १७ फागुन /
टीकापुर स्थित नाइल इङलिस बोर्डिङ स्कुलको १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नं. १ का निवर्तमान वडा अध्यक्ष गंगाराम आचार्य रहेका थिए । कार्यक्रममा निवर्तमान वडा अध्यक्ष आचार्यले बिधालयको वार्षिकोत्सव कार्यक्रम बिद्यार्थीका लागि ठूलो उत्सव भएको बताएका छन् । उनले शैक्षिक क्षेत्रमा संस्थागत बिधालयको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै संस्थागत बिधालयले गुणस्तरीय शिक्षा समेत जोड दिएको बताए ।
निवर्तमान वडा अध्यक्ष आचार्यले शिक्षालाई बालबालिकाको मनोभावना अनुसार प्रदान गर्नुपर्ने भन्दै अतिरिक्त क्रियाकलापहरुमा विशेष ध्यान दिन पनि आग्रह गरे । कार्यक्रममा बिद्यार्थीहरुका विभिन्न प्रस्तुतिहरु समेत रहेका थिए भने वार्षिक परिक्षामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । शिक्षक सुनिता विकले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक गणेश विकले गरेका थिए ।
कक्षा ८ सम्म अध्यापन गराउँदै आएको बिधालयमा दुई सय ५० जना बिद्यार्थी रहेको बिधालयका प्रीन्सिपल डम्बर बहादुर सोडारीले जानकारी दिएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *