नागरिकता पाउँदाको त्यो खुशी

शेयेर गर्नुहोस


पदम राज जैशी, भजनी १७ मंसिर /
भजनी नगरपालिका वडा नं. ३ की ५१ वर्षीया डम्बरा खत्रीले नागरिकता पाएपछिको उनको खुशी ।
अभिभावक विहिन अपांग डम्बराको अभिभावकको रुपमा भजनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बिक्रम चौधरीले जिम्मा लिएपछि नागरिकता बनेको हो । सानैमा अभिभावक बिहिन भएकी उनको नागरिकता पाएपछि अपाङ्गता भत्ता पाउने अधिकार पनि सुनिश्चित भएको छ । यसअघि उनको अपाङ्ग कार्ड भने बनेको थियो । उमेर पुगेपछी सामाजिक सुरक्षा भत्ताका लागि नागरीकता अनीवार्य भएपछि भत्ताको लागि सकस भएको थियो ।
नेपाल सकारकाे निर्णयपछी अपाङग कार्डले मात्र भत्ता नमील्ने भयपछी वहाकाे नागरीता बनाउन सारै सकस बनेकाे थियाे।
अभिभावकको रुपमा जिम्मेवारी लिएर नागरिकताको प्रक्रिया पूरा गरेका वडा अध्यक्ष चौधरीको सक्रियतामा ईलाका प्रशासन कार्यालय टीकापुरले डम्बराले आश्रय लिँदै आएको उनको मामा घरमै पुगेर नागरिकता हस्तान्तरण गरेका छन् । “स्थानीय सरकारले खेल्नुपर्ने भुमिका हामीले खेलका हौं ।” वडा अध्यक्ष चौधरीले भने, “अभिभावक बिहिनलाई सहारा दिनु स्थानीय सरकारको कर्तव्य हो । जुन कर्तब्य डम्बराको लागि मात्रै नभै अरुका लागि पनि गर्छौं ।”
सामाजिक सुरक्षा भत्ता राेकीयपछी बाेल्न नसक्ने डम्मरा कुमारी केही दिन देखि खाना नखायर रिसायर बसेकी उनका मामा खुमलाल सापकाेटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *